कीवर्डहरू -

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले शुक्रबार २ घण्टा र आईतबार २ घण्टा सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त संस्था हो । जसले कनेक्ट आईपीएस, कर्पोरेट पे लगायतका सिस्टम सञ्चालन गर्दै आएको छ ।

\"\"