कीवर्डहरू -

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा गाउँपालिकामा मोबाइल बैंकिङ प्रयोगकर्ता धेरै रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार गाउँपालिकामा प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता ३३.३६ प्रतिशत देखिएको छ । स्थानीय तहका आधारमा मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा छन् । महानगरमा ३१.७३ प्रतिशत, उप महानगरपालिकामा ३२.६९ प्रतिशत र नगरपालिकामा २७.७९ प्रतिशत रहेका छन् ।

तर समग्रमा देशभर ३२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । त्यस्तै गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत रहेका छन् भने इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।

प्रदेश २ मा सबैभन्दा कम प्रतिखाता मोबाइल बैकिङ प्रयोगकर्ता रहेका छन् भने बागमति प्रदेशमा सबैभन्दा बढी रहेका छन् ।

उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको बताइएको छ ।

युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको प्रयोग बढ्दै जाने राष्ट्र बैंकले जनाएको छ ।