कीवर्डहरू -

सनराइज बैंकको नारी विशेष योजना, निःशुल्क डिम्याट, मेरो सेयर र मोबाइल बैंकिङ सुविधा

सनराइज बैंकको नारी विशेष योजना, निःशुल्क डिम्याट, मेरो सेयर र मोबाइल बैंकिङ सुविधा

सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

यो योजना अन्तरगत ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने बैंकले जनाएको छ ।

पहिलो वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौं महिनाभर अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्मको छुट दिने समेत बैंकले जनाएको छ ।