कीवर्डहरू -

ग्यापुको रक्षा बन्धन अफर, विश्वभर उपहार पठाउन सकिने 

ग्यापुको रक्षा बन्धन अफर, विश्वभर उपहार पठाउन सकिने 

रक्षा बन्धनको अवसरमा विश्वभर रहेका दिदीबहिनी तथा दाजुभाईहरूको लागि ग्यापुले विशेष अफर ल्याएको छ । ग्राहक जहाँ भएपनि यो रक्षा बन्धनमा आफ्ना दिदीबहिनी तथा दाजुभाईलाई ग्यापुबाट उपहार खरिद गरेर पठाउन सकिने ग्यापुका सँस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

ग्यापुबाट उपहार अर्डर गरेर विदेशबाट नेपाल र नेपालभित्रै पनि जुनसुकै ठाउँमा डेलिभरी गराउन सकिने खड्काले बताए ।

रक्षा बन्धन विशेष अफरको लागि ग्यापुबाट दाजुभाईको लागि केक, चकलेट, स्मार्टवाच, जुत्ता, वालेट, ग्रुमिङ किट, पर्फ्युम, ब्याग लगायत सजावटका सामानहरू सुपथ मूल्यमा खरिद गरेर डेलिभरी गराउन सकिने बताइएको छ ।

ग्यापुका अनुसार सम्पुर्ण रक्षा बन्धन विशेष डेलिभरी नि:शुल्क गरिने खड्काले बताए । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न ।