कीवर्डहरू -

गूगल क्यालेन्डरमा नयाँ फिचर : अफिस र घरबाट गर्ने मिटिङ व्यवस्थापन सजिलो

गूगल क्यालेन्डरमा नयाँ फिचर : अफिस र घरबाट गर्ने मिटिङ व्यवस्थापन सजिलो

गूगल क्यालेन्डरमा नयाँ फिचर उपलब्ध हुने भएको छ । जुन फिचरले अफिस बैठकहरु व्यवस्थापन गर्नलाई कहाँबाट काम गर्ने हो भनेर रेकर्ड गर्न दिनेछ ।

गूगल वर्कस्पेस प्रयोगकर्तालाई उपलब्ध हुने यो सुविधा हप्ताको कुन दिन घरबाटै काम गर्छन् की अफिसबाट भनेर रेकर्ड गरेर राख्न सकिने छ ।

अहिलेको महामारीको समयमा धेरै जनाले हप्ताको केही दिन मात्रै अफिसमा गएर काम गर्नुपरेको हुँदा आफ्नो कामलाई व्यवस्थापन गर्नलाई यो फिचर ल्याइएको हो ।

यो फिचर गूगल वर्कस्पेशका प्रयोगकर्ताका लागि अगस्ट ३० देखि रोलआउट हुन सुरु हुनेछ र यसलाई क्यालेण्डर सेटिङ्ग मेन्यूबाट पहुँच पाउन सकिनेछ ।

यो 'वर्किङ आवर अप्सन' र 'विक्ली क्यालेण्डर भ्यू' अप्सनको छेउमा हुनेछ । यसमा प्रयोगकर्ताले 'अफिस', 'होम', 'अनस्पेसिफाईड' र 'समवेयर एल्स'बाट छान्न सक्नेछन् । अहिले धेरै संस्थाले हाईब्रिड वर्कस्पेसको प्रणाली प्रयोग गरिरहेको हुँदा यो फिचर प्रभावकारी हुने कम्पनीको धारणा रहेको छ ।