कीवर्डहरू -

कसरी छनोट गर्ने सक्कली एयरपड ?

कसरी छनोट गर्ने सक्कली एयरपड ?

नक्कली एयरपडको विक्री पनि ठूलै समस्या भएको देखिन्छ । एप्पलका अनुसार विभिन्न ठाउँहरुबाट नक्कली एयरपड बेचेकै कारण कम्पनीले ३.२ बिलियन डलरको घाटा व्योहोर्नु परेको थियो ।

यति धेरै नक्कली एयरपडहरु बजारमा भईराख्दा तपाईलाई पनि आफ्नो एयरपड नक्कली परेछ की भन्ने डर लाग्न सक्छ । त्यहीकारणले एयरपड सक्कली हो की नक्कली भनेर यसरी छुट्याउन सकिन्छ ।

सबैभन्दा सजिलो तरिका भनेको आफ्नो आईफोन वा आईप्याडमा जाँच गर्नु हो । सर्वप्रथम आफ्नो आईफोन वा आईप्याडको सेटिङ्गमा जानुपर्छ र ब्लुटुथमा थिच्नुपर्छ ।

त्यहाँ तपाईले एयरपडको सूची भएको पाउनुहुनेछ । यसपछि 'आई' भन्ने इन्फर्मेसन बटनमा क्लिक गर्नुपर्छ । यसपछि तपाईले मोडेल नम्बर देख्न पाउनुहुनेछ ।

त्यही मोडेल नम्बरको भरमा तपाईले एयरपड सक्कली हो की नक्कली भनेर छुट्याउन सक्नुहुन्छ । एप्पलले एयरपडहरुका लागि विभिन्न मोडेल नम्बर राखिदिएको छ ।

एयरपड म्याक्स

मोडेल नम्बर ए २०९६

एयरपड प्रो

मोडेल नम्बर ए २०८४, ए २०८३

एयरपड सेकेण्ड जेनेरेसन

मोडेल नम्बर ए २०३२, ए २०३१

एयरपड फर्स्ट जेनेरेसन

मोडेल नम्बर ए १५२३, ए १७२२

मेडेल नम्बर आईफोनबाट भेटाउन नसकेमा धेरैजस्तो समय एयरपडमानै लेखिएको पनि हेर्न सकिन्छ ।