कीवर्डहरू -

खल्ती बाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० रूपैयाँ सम्मको क्यासब्याक पाइने 

खल्ती बाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० रूपैयाँ सम्मको क्यासब्याक पाइने 

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु. १५०० सम्मको आकर्षक क्यासब्याक पाउने भएका छन्।

भदौ ७ गतेदेखि सुरु भइ सिमित अवधिको लागि संचालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ ।

खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

नेपाली बजारमा गरिने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रबन्धक पवल खरेलले बताए ।

कसरी तिर्ने प्रिमियम ?

  • खल्ती एप लगइन गरि ‘इन्स्योरेन्स’आइकन मा ट्याप गर्ने
  • ‘नेपाल लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने
  • अब सम्पुर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ मा क्लिक गर्ने
  • अन्त्यमा ‘पेमेन्ट’ अप्सन छानी भुक्तानी गर्ने