कीवर्डहरू -

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोरमा रेटिङ राख्ने

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोरमा रेटिङ राख्ने

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोर रेटिङ राख्ने भएको छ । एन्ड्रोइड वा आईओएस दुवैको प्रयोगकर्ताले रिभ्यू र रेटिङ हेरेर आफ्नो डिभाइसमा एप डाउनलोड गर्ने की नगर्ने भनेर सोच्ने गर्दछन् ।

अब नोभेम्बर देखि तपाई कहाँ बस्नु हुन्छ त्यहीँको प्रयोगकर्ताको रेटिङ हेर्न पाउनुहुनेछ । उदाहरणका लागि नेपालका लागि रजिस्टर गरेको खण्डमा नेपाली प्रयोगकर्ताले त्यस एपलाई कतिको प्रयोग गर्न रुचाउने गर्दछन् भनेर हेर्न सकिन्छ ।

अर्काे वर्ष गूगलले प्ले स्टोरमा डिभाइसका अनुसारले पनि रेटिङ राख्ने भएको छ । तपाई फोन, ट्याबलेट, फोल्डेबल, क्रोमबुक वा स्मार्टवाच के प्रयोग गर्नुहुन्छ ।

त्यस अनुसारले रेटिङ देखाइने छ । कुनै एक ठाउँको रेटिङले विश्वव्यापी रेटिङलाई असर नपार्नका लागि गूगलले यो फिचर ल्याएको हो । कहिले काही कुनै एक क्षेत्रलाई मात्रै बगले असर पारेको खण्डमा पनि यो फिचर प्रभावकारी हुनेछ ।