कीवर्डहरू -

स्पेसएक्सले ढुवानी गर्‍यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल

स्पेसएक्सले ढुवानी गर्‍यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल

स्पेसएक्सले एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल ढुवानी गरिसकेको छ । स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो कुरा आफ्नो आधिकारिक ट्वीटर मार्फत बताएका छन् र यो सेवा १४ ओटा ठाउँहरुमा उपलब्ध भएको पनि बताएका छन् ।

मस्कले कम्पनीको लाइसेन्स निवेदन थुप्रै देशहरुमा विचाराधीन पनि रहेको खुलाएका छन् । स्पेसएक्सले सन् २०२० मा स्टारलिकंलाई बेटा सेवाको रुपमा लञ्च गरेको थियो । पहिलो पटकका लागि यो सेवाको ११ हजार ७४९ रूपैयाँ पर्ने गर्दछ र राउटरको थप ५९ हजार २२३ रूपैयाँ पर्ने गर्दछ ।

स्टारलिकंको लागि स्पेसएक्सले पहिलै १८०० उपग्रह लञ्च गरिसकेको छ र अब थप ४२ हजार सानो इन्टरनेट उपग्रहहरु लञ्च गर्ने योजनामा रहेको छ ।