कीवर्डहरू -

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर 

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर 

खल्ती डिजिटल वालेटले टिकटक बनाएर ५ हजार जित्ने अफर सार्वजनिक गरेको छ । खल्ती दिइरहेको १० प्रतिशत क्यास ब्याक अफरलाई सृजना नात्मकरुपमा टिकटक भिडियो बनाउनेलाई ५ हजार पुरस्कार दिने घोषणा गरेको हो ।

खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो ।
यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले ५ हजार रुपैयाँ नगद जित्ने सुनौलो अवसर प्राप्त गर्ने छन् ।

यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ । जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्तीबाट रिचार्ज गरी १० प्रतिशत क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ।

१७ अगस्टदेखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्रामफलो पनि गर्नुपर्नेछ । साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ ।

उक्त टिकटक प्रतियोगिता सम्बन्धमा सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले ग्राहकहरुको रिचार्ज कार्ड खरिद र स्क्र्याच गर्न पर्ने झन्झटलाई सहज गरी डिजिटल रिचार्ज प्रोत्साहनगर्न र यसबारे सबैमाजानकारी दिने उद्देश्यले नेपालकै सबै भन्दा धेरै १० प्रतिशत क्यासब्याक अफरमा टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको बताइन ।

१० प्रतिशत क्यासब्याक अफर

खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा नेपालकै सबै भन्दा बढी १० प्रतिशत क्यासब्याक अफर संचालन गरिरहेको छ । यो अफर अन्तर्गत, क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आई.डी. कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ । रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिने खल्तीले जनाएको छ ।