सोमबार, ११ असोज, २०७८
Monday, 27 September, 2021

के हो ओपन सोर्स सफ्टवेयर ? कसरी फाइदा लिने ?

ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्ने सफ्टवेयर हो । सोर्स कोर्ड हेर्न नमिल्ने भएमा त्यसलाई क्लोजड वा प्रोपिराईटरी भनिन्छ ।

सोर्स कोर्ड भनेको सफ्टवेयरको भित्री भाग हो जसलाई प्रयोगकर्ताहरुले खासै ध्यान दिदैनन् । सोर्स कोर्डले सफ्टवेयरले कसरी काम गर्छ र सफ्टवेयरका फिचरहरु कसरी काम गर्छ भनेर देखाउने गर्दछ । 

ओपन सोर्स सफ्टवेयरबाट प्रयोगकर्ताहरुले कसरी फाइदा उठाउने ? 

ओपन सोर्स सफ्टवेयरले प्रोग्रामरहरुलाई सफ्टवेयरमा समस्याहरु भेटाएर समाधान गर्दै कसरी विकास गर्ने भन्ने विषयमा छलफल गर्न प्लेटफर्म दिने गर्दछ ।

प्रोग्रामरहरुले सफ्टवेयरमा कुन नयाँ प्रविधि प्रयोग गर्ने र के नयाँ फिचर ल्याउने जस्तो कुरामा पनि गहन अध्ययन गर्ने गर्दछन् ।

ओपन सोर्स सफ्टवेयरमा धेरै प्रोग्रामरहरु भएकाले समस्याहरु चाँडै समाधान हुने, नयाँ फिचरहरु नियमित रुपमा सार्वजनिक भईरहने र सफ्टवेयर स्थीर रुपमा चल्ने गर्दछ ।

कोडमा एरर भेटाउन धेरै प्रोग्रामरहरुले काम गरिरहने हुँदा छिटो र प्रभावकारी काम हुने गर्दछ । सेक्युरिटी अपडेटहरु प्रोपिराईटरी भन्दा छिटो तरीकाले प्रयोगमा आउने गर्दछ । 

जनरल पब्लिक लाईसेन्स (जिपिएल) 

धेरै जसो ओपन सोर्स सफ्टवेयरले जनरल पब्लिक लाईसेन्सको कुनै न कुनै भर्सन प्रयोग गर्ने गर्दछन् । जिपिएल भनेको कुनै पनि फोटो पब्लिक डोमेनमा भएको जस्तै हो ।

पब्लिक डोमेन भनेको कोही पनि आएर सफ्टवेयरमा परिमार्जन ल्याउन सक्छ भनिएको हो । त्यस्तै कसैले सफ्टवेयरलाई अपडेट र आफूखुशी पुनः प्रयोग पनि गर्न सक्दछन् ।

जिपिएलले प्रोग्रामरहरुलाई ओपन सोर्स कोडलाई परिमार्जन र अपडेट गर्न अनुमति दिने गर्दछ । तर जिपिएलमा जे पनि परिमार्जन गरेता पनि त्यो सबैका लागि उपलब्ध हुने गर्दछ । त्यही कारणले जिपिएल प्रोग्राम परिमार्जन गरेर आफै बेच्न मिल्दैन् । 

ओपन सोर्स कहाँबाट आएको हो ? 

बजारमा पहिले निःशुल्क सफ्टवेयर भन्दा धेरैले नबुझ्न थालेपछि ओपन सोर्स भन्ने शब्दावली आएको हो । सन् १९८८ फेब्रुअरीमा आयोजना गरिएको एउटा विशेष प्रविधिको शिखर सम्मेलन पछि यो शब्दावली आधिकारिक रुपमा प्रयोगमा आएको हो ।

त्यही महिना एरिक रेमण्ड र ब्रुस पेरेन्सले ओपन सोर्स इनिसिएटिभ भनेर गैर नाफा संस्था पनि खोलेका थिए । यो संस्था ओपन सोर्स सफ्टवेयरलाई बढावा दिने लक्ष्यका साथ खोलिएको थियो । प्रविधि उद्यमले सोर्स कोडको सार्वजनिक पहुँच दिइने प्रोजेक्ट र सफ्टवेयर प्रोग्रामलाई पनि ओपन सोर्स भन्ने गर्दछन् । 

८० को दशकमा प्रोपिराईटरी सफ्टवेयरले सफ्टवेयर मार्केट ओगटेको थियो । त्यसपछि सन् १९८५ मा रिचार्ड स्टलमनले फ्रि सफ्टवेयर फाउण्डेसन (एफएसएफ) स्थापना गरेपछि ओपन सफ्टवेयरको विचार सुरु भएको हो । एफएसएफले ओपन सोर्स सफ्टवेयर गतिले ओपन सोर्सका लागि धेरै ठूलो आयाम सुरु गरेको छ । 

ओपन सोर्स सफ्टवेयर हाम्रो जीवनको एक हिस्सा 

ओपन सोर्स सफ्टवेयर हाम्रो जीवनको एक भाग बनिसेकेको छ । यही लेखलाई तपाई आफ्नो सेलफोन वा ल्यापटपबाट पढदै हुनुहुन्छ होला र त्यस्तो भएमा तपाई अहिले ओपन सोर्स प्रविधिको प्रयोग गरिरहनुभएको छ । दुवै एन्ड्रोइड र आईफोनको अपरेटिङ सिस्टम ओपन सोर्स सफ्टवेयर प्रयोग गरेरै सुरुमा बनाइएको थियो ।

मोजिल्ला फायरफक्स पनि ओपन सोर्स वेब ब्राउजर हो । गूगल क्रोम ओपन सोर्सकै परिमार्जित भर्सन क्रोमियबाट बनाइएको हो । इन्टरनेट पनि ओपन सोर्स प्रविधिकै परिणाम हो । 

 

सम्बन्धित समाचार