आइतबार, १९ असार, २०७९
Sunday, 03 July, 2022

यूकेका नेपालीले ट्यापट्यापबाट अब सजिलै पैसा पठाउन सक्ने

यूकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

अब यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ । साथै हरेक कारोबारमा सेवाग्राहीलाई एसएमएसद्वारा जानकारी दिइने पनि सिटी एक्सप्रेसले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका निर्देशक मिसेल फायले हस्ताक्षर गरेका हुन् ।
 

सम्बन्धित समाचार