कीवर्डहरू -

एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर

एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर

एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँगै एप्पल म्यापले छानिएको व्यवसाय, रेष्टुरेन्टहरुलाई रिभ्यू गर्न दिने गर्दछ ।

यो फिचर पहिले अस्ट्रेलिया र जापानमा उपलब्ध थियो तर अब यो अमेरिका र क्यानेडामा पनि उपलब्ध भएको छ । यो प्रणाली एकदमै सहज किसिमको रहेको छ किनभने यसमा थम्ब्स अप वा डाउन गरेरनै प्रतिक्रिया दिन सकिन्छ ।

कुनै पनि आईकनमा थिचेपछि सेकेण्डरी इन्टरफेस आउने गर्दछ जसले कुनै व्यवसाय वा रेष्टुरेन्टको बारेमा कस्तो लाग्छ भनेर भन्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताले खानेकुरा कस्तो लाग्यो, ग्राहक सेवा र वातावरण कस्तो लाग्यो भनेर भन्न सकिन्छ । यसमा फोटो पनि आफूखुसी अपलोड गर्न सकिन्छ । रेटिङ गर्दा तपाईको नाम आउने गर्दैन् । तपाईलाई एनोनिमस यूजरनै भन्ने गरिन्छ ।