कीवर्डहरू -

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभको सेवा नेपालमा शुरू

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभको सेवा नेपालमा शुरू

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभले नेपालमा पनि आफ्नो सेवा शुरू गरेको छ । ब्याम्बिनोस डट लाइभ सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको थियो ।

यो डिजिटल एकेडेमी ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई केन्द्रित गरेर विकास गरिएको छ । एक्सपलोरर विङ्ग्स प्रालिले बम्बिनोस डट लाइभ (bambinos.live) सँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुरु गरेको जनाइएको छ ।

यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विधाहरुलाई लक्षित गरेर सयभन्दा बढी कोर्सहरु समावेश गरिएको छ ।

अहिले कोभिड १९ को महामारीको समय भएको कारणले बालबालकाहरु बिच खासै अन्तरक्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ ।

पछिल्लो समय भारत र अन्य देशहरुमा शिक्षामा केन्द्रित प्रविधि एडु टेक स्टार्टअपले राम्रो सफलता र प्रख्याती पाइरहेका छन् । हाल डिजिटल एकेडेमीको प्रयोग ३० हजार विद्यार्थीहरुले गरिरहेका छन् ।

कम्पनीले १०० भन्दा बढी प्रोग्रामहरु राखेको छ । कम्पनीका अनुसार पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटिएको छ । यस प्लाटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको छ ।

यसमा उपलब्ध कोर्सहरु अनुसन्धानमा आधारित रहेको कम्पनीले दावी गरेको छ । यस डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पुरा गर्नलाई अझै मद्दत पुर्याउने छ ।

घरमै बसेर विभिन्न रमाइलो तथा ज्ञानवर्द्धक कुराहरु सिकाउन बम्बिनोसले काम गरिरहेको छ । विद्यार्थीहरुले आफ्नो प्रगतिलाई ट्रयाक पनि गर्न सक्छन् ।

डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमै साथीहरुसँग र शिक्षकसँग अन्तरक्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ ।

यसका साथै कम्पनीले १० भन्दा बढी देशहरुमा सेवा दिदै आएको हुँदा प्रयोगकर्ताहरुले विभिन्न देशका साथीहरुसँग अन्र्तक्रिया गर्न पाउनेछन् । यो प्लेटफर्ममा जोडिन तपाईले bambinos.live मा गएर अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

त्यहाँ लगइनमा क्लिक गरेर माथिल्लो दायाँ भागमा रहेको बटनमा थिचेर सदस्यको रुपमा रजिस्टर गर्न सकिन्छ । त्यहाँ कक्षा सेलेक्ट गरेर अनलाइन क्लास बुक गर्न सकिन्छ । सुरुवातको दुई ओटा डेमो कक्षा निःशुल्क नै हुने गर्दछ ।

कक्षा वान टू वान वा समूहमा राख्दा चार÷पाँच जना राखेर अध्ययन गराइने गरिन्छ । यसले गर्दा धेरै विद्यार्थीहरुले कक्षाको राम्ररी फाइदा उठाउन सक्ने बताइएको छ ।

यस प्रणालीमा एजुकेटरहरुले विद्यार्थीको सम्पूर्ण पृष्ठभूमि रिभ्यू गर्ने गर्दछन् र विद्यार्थीलाई उपयुक्त हुने पठनपाठन सामाग्रीहरु प्रयोग  गर्ने कम्पनीले बताएको छ ।

बच्चाले उच्चतम शिक्षा पाउने कम्पनीको दावी छ । तपाइले बुक गरेको कुनै पनि कक्षा रद्द गर्न, कक्षा सुरु हुनु ४ घण्टा अघि क्यानसिल गर्नुपर्ने हुन्छ । यस प्लेटफर्मका शिक्षकहरुको रेटिङ ५ मा ४.८ रहेको छ ।