कीवर्डहरू -

किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ? 

किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ? 

मुलुकमा डिजिटल भुुक्तानीका विभिन्न माध्यमको कारोबार वृद्धि भइरहेको बेला इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ ।

गत आर्थिक वर्ष २०७७/ ७८ को अन्तिम महिना असारमा इन्टरनेट बैंकङबाट हुने कारोबार रकम १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ रहेको छ । जब कि त्यसअघिको वर्षको असार महिनामा यस्तो कारोबार १९ अर्ब ४ करोड ८० लाख रुपैया रहेको थियो ।

यस हिसाबले हेर्दा यस वर्ष २७ प्रतिशतले इन्टरनेट बैंकङ कारोबार रकममा कमी आएको छ । गत वर्षमा केही महिनाबाहेक इन्टरनेट बैंक कारोबार वृद्धि भइरहेको देखिए पनि अघिल्लो वर्षको कारोबारलाई भने भेट्याउन सकेका छैन ।