कीवर्डहरू -

कार्ड प्रयोग गरेर भुक्तानी गर्ने स्वात्तै घटे

कार्ड प्रयोग गरेर भुक्तानी गर्ने स्वात्तै घटे

मुलुकमा डिजिटल भुक्तानीका विभिन्न माध्यम आइरहेको बेला कार्ड प्रयोग गरेर किनमेलको लागि भुक्तानी गर्नेको संख्या स्वात्तै घटेको छ ।

गत आर्थिक वर्षको असार महिनामा कार्ड प्रयोग गरेर सामान किन्न भुक्तानी रकम २९ करोड ६० लाख रुपयाँ भएको छ । जब कि गत आर्थिक वर्षको पहिलो महिनामै कार्ड प्रयोग गरेर किनमेल गरेको रकम १ अर्ब २० करोड १० लाख रुपैयाँ थियो ।

टान्जेक्सन संख्या पनि गत वर्षको पहिलो महिनामा १ लाख ६८ हजार रहेकोमा अन्तिम महिनामा ५२ हजारमा झरेको छ ।

यस हिसाबले हेर्दा वर्षदिनभित्रमा कार्ड प्रयोग गरेर सामान किन्ने रकम ७५ प्रतिशतले घटेको छ । गत वर्षका हरेक महिनामा कार्डबाट भुक्तानी रकम उतरचढाव देखिन्छ ।

साउनमा १ अर्ब माथि भुक्तानी भएकोमा भदौमा ५६ करोडमा झरेको छ । त्यसपछिका महिनामा पनि थपघट हुदै फागुनमा १ अबै नाघेको छ भने त्यसपछि स्वात्तै घटेर १६ करोड १० लाखमा झरेको छ ।