कीवर्डहरू -

म्यासेन्जरबाट डिलिट भएको म्यासेज फेरि कसरी हेर्ने ?

म्यासेन्जरबाट डिलिट भएको म्यासेज फेरि कसरी हेर्ने ?

कहिलेकाहीँ कुनै कारणले हामीले डिलिट गरिसकेको म्यासेजलाई पुनः रिस्टोर गर्नुपर्ने हुन सक्छ । महत्वपूर्ण कुरा पनि कहिलेकाहीँ झुक्किएर डिलिट भएको हुन सक्छ ।

यस्तो अवस्थामा डिलिट गरिएको म्यासेज पुनः हेर्न पाएमा कुनै कामलाई यसले सजिलो बनाउन सक्छ । डिलिट भएका म्यासेज हेर्न फेसबुकले तरिका दिएको छ । आज हामी तपाईलाई डिलिट भएको म्यासेज पुनः कसरी हेर्ने भनेर जानकारी दिदैछौं ।

मेसेज अर्काइभ गरिएको छ की भनेर जाँच गर्ने

अर्काइभ गरिएको म्यासेज म्यासेन्जरको इनबक्समा लुकेको हुन्छ, डिलिट भएको हुँदैन् । कहिलेकाँही हामीले मेसेज डिलिट गर्दा डिलिटको सट्टा अर्काइभ थिचेको हुन सक्छौँ ।

च्याटमा औँला स्लाइड गर्दा अप्सनहरु अर्काइभ एण्ड मोर हुने गर्दछ जसमा डिलिटको अप्सन हुन्छ । जस कारणले झुक्किएर अर्काइभ थिचेको खण्डमा पुनः रिस्टोर गर्न सकिन्छ ।

आईओएस मेसेन्जर एपमा आर्काइभ गरिएको हो की भनेर जाँच गर्न सर्वप्रथम आफ्नो आईफोन वा आईप्याडमा मेसेन्जर एप खोल्नुपर्ने हुन्छ । त्यसपछि प्रोफाइल पिक्चरमा थिचेर अर्काइभड च्याटमा थिच्नुपर्छ ।

यदि च्याट अर्काइभ भएको भएमा यहाँ उपलब्ध हुने गर्दछ । त्यहाँ छ भने दायाँ देखि बायाँ भाग सम्म औँलाले स्लाईड गर्नुपर्छ र अनअर्काइभ सेलेक्ट गर्नुपर्छ जसले च्याट पाउन सकिन्छ ।

त्यस्तै एन्ड्रोइड लागि सर्वप्रथम फोनमा म्यासेन्जर एप खोल्नुपर्छ । त्यसपछि जोसँगको च्याट हो त्यसको नाम स्क्रीन माथिको सर्च ट्याबमा टाइप गर्नुपर्छ । त्यसपछि मेसेनजरले सबै मेसेज देखाउँछ र त्यसमा अर्काइभ मेसेज पनि हुने गर्दछ ।

फेसबुकको वेबसाइटबाट अर्काइभ म्यासेज चेक गर्न

ब्राउजरबाट फेसबुक चलाइरहेको खण्डमा वेब ब्राउजरमा फेसबुक खोलेर पेजको माथिल्लो भागबाट म्यासेन्जर सेलेक्ट गर्नुपर्छ र त्यसपछि म्यासेन्जर लिस्टको तल्लो पट्टी बाट सी अल इन म्यासेन्जर भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यति गरेपछि च्याटको छेउमा रहेको तीन ओटा थोप्ला थिच्नुपर्छ ।

फेसबुकबाट डेटा डाउनलोड गरेर

अर्काे उपाय भनेको फेसबुकबाट डेटा डाउनलोड गर्नु हो । फेसबुकले केही समयसम्म सर्भरमै म्यासेज राखिरहेको हुन्छ र पछि मात्रै डिलिट गर्ने गर्दछ । त्यस कारण फेसबुक डेटा डाउनलोड गरेर पनि म्यासेज पुनः पाउन सकिन्छ ।

१. आईओएस म्यासेन्जर एपबाट फेसबुक डेटा डाउनलोड

फेसबुकलाई तपाईको डेटाको कपी पठाउन भनेर पनि कहिलेकाही डेटा फिर्ता पाउन सकिन्छ । त्यो डेटामा म्यासेज मात्रै पनि पठाउन लगाउन सकिन्छ ।

यसका लागि सर्वप्रथम मेसेन्जर एप खोल्नुपर्छ र स्क्रीनको तल्लो भागमा रहेको आफ्नो ईमेजमा क्लिक गर्नुपर्छ । त्यसपछि स्क्रोल गरेर अकाउन्ट सेटिङ सेलेक्ट गर्नुपर्छ ।

यति गरेपछि फेरि स्क्रोल गरेर फेसबुक इन्फर्मेसन सेक्सनमा गएर डाउनलोड प्रोफाइल इन्फर्मेसन भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि खुलेको स्क्रीनमा मेसेजेज भन्ने अप्सनको छेउमा टिक लाउनुपर्छ । अरु विधाहरुलाई अनचेक गर्दा पनि हुन्छ । तपाईले चेक गरेको विधाको रिपोर्ट त्यहाँ उपलब्ध भएको हुने गर्दछ ।

अब स्क्रीनको तल सम्म स्क्रोल गरेर क्रियट फाइल भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यसपछि फेसबुकले रिपोर्ट बनाउने गर्दछ र बनेपछि तपाईलाई सम्पर्क गर्ने गर्दछ । बनाईराख्दा पेन्डिङ भनेर देखाउने गर्दछ । म्यासेन्जर डेटा अरु डेटा भन्दा छिटो पाइन्छ । त्यो रिपोर्टमा हेरेर चाहिएको जानकारी लिन सक्नुहुनेछ ।

२. फेसबुकको वेबसाइटबाट डेटा डाउनलोड

कम्प्यूटरबाट पनि फेसबुक डेटा डाउनलोड गर्न सकिन्छ । यसका लागि वेब ब्राउजरमा फेसबुक खोल्नुपर्छ र फेसबुक पेजको माथिल्लो बायाँ भागमा रहेको डाउन एरोमा थिचेर मेन्युमा सेटिङग एण्ड प्राईभेसी भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ । त्यसपछि खुलेको स्क्रीनमा सेटिङग छानेर प्राईभेसी छान्नुपर्छ ।

प्राईभेसी साइडबारबाट योर फेसबुक इन्फोरमेसन सेलेक्ट गर्नुपर्छ । यसपछि डाउनलोड प्रोफाइल इन्फोरमेसन भन्ने अप्सन छानेर भ्यूमा क्लिक गर्नुपर्छ ।

म्यासेजेजलाई चेक गरेको छैन् भने गर्नुपर्ने हुन्छ । नचाहिने जानकारीलाई चेक गरेको बाट हटाउने र क्रियट फाइल भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।

रिपोर्ट पुरा भएपछि उक्त फाइल डाउनलोडका लागि तयार भएको फेसबुकले जानकारी गराउने गर्दछ । त्यसपछि उक्त फाइल डाउनलोड गरेर डिलिट भएको म्यासेज हेर्न सकिन्छ ।