कीवर्डहरू -

अनलाइनबाटै मेसिन लर्निङ र डेटा साइन्समा पाँच दिने वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

अनलाइनबाटै मेसिन लर्निङ र डेटा साइन्समा पाँच दिने वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

अनलाइनबाटै आगामी सेप्टेम्बर १५ देखि १९ सम्म मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भएको छ ।

मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउन्टटेक सोलुसन प्रालिको सहकार्यमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि भर्चुअल वर्कशप आयोजना हुने भएको हो ।

शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गर्दै भदौ ३० गतेदेखि असोज ३ गतेसम्म वर्कशप आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि राष्ट्रिय वर्कशप सन् २०१८ बाट शुरू भएको थियो । चौथो  संस्करणमा  पनि हामी ८०० भन्दा बढी  सहभागी हुने अपेक्षा  गरिएको छ । देश तथा विदेशका  विभिन्न  शिक्षाविद  र  विषय   विशेषज्ञहरूले वर्कशपमा तालिम दिनेछन् ।

यस वर्कशपमा शैक्षिक सहयोगीको रूपमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन  विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ  र  नेपाल  खुला विश्वविद्यालय  रहेका छन् ।

त्यस्तै प्रायोजकको रूपमा फ्युजमेसिन्स नेपाल, ट्रिलिफ र पास्कल कलेज रहेका छन् ।  यसका  साथै  अन्य शैक्षिक संस्था  र  औद्योगिक  संस्थाहरु  जोडिने  क्रम  पनि  जारी रहेको आयोजकले जनाएको छ ।

यस वर्कशपका मुख्य आकर्षण ४ किनोट सेसन, विभिन्न देशबाट २४ बढी गेष्ट स्पीकर, मेसिन लर्निङ र डेटा साइन्सको आधारभूत तालिम, १० बढी गाइडेड प्रोजेक्ट, ३ प्यानल डिस्कसन, पोष्टर प्रिजेन्टेसन, नेटवर्किङ रहेका छन् ।

यो  कार्यक्रमको शुल्क  ५०० रूपैयाँ राखिएको छ । कार्यक्रम  हरेक दिन  बिहान ७ बजे  देखि  बेलुका ६ बजेसम्म संचालन  हुनेछ । यसमा सहभागी हुनेले प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।

यस वर्कशपमा सहभागी हुन् यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । कार्यक्रम सम्बन्धि सम्पूर्ण  जानकारी  पाउन यहाँ क्लिक गर्नुहोस् ।