कीवर्डहरू -

दशौँ जन्मोत्सवको अवसरमा फेसबुक मेसेन्जरले ल्यायो नयाँ फिचरहरु

दशौँ जन्मोत्सवको अवसरमा फेसबुक मेसेन्जरले ल्यायो नयाँ फिचरहरु

फेसबुक मेसेन्जरले आफ्नो दशौँ जन्मोत्सवमा नयाँ फिचरहरु ल्याएको छ । फेसबुकले मेसेन्जरको जन्मदिन मनाईरहेको हुँदा  सम्बन्धित फिचरहरु पनि ल्याएको छ ।

नयाँ फिचरहरुमध्ये एउटा हो पोल गेम । जसको मद्दतले ग्रुप च्याटमा कुन काम कसले गर्न सक्छ भन्ने गेम खेलाउन सकिन्छ ।

त्यस्तै फेसबुकमा अब सजिलो तरिकाले साथीहरुसँग कन्ट्याक्ट सेयर गर्न सकिन्छ । यसैगरी एपमा नयाँ वर्ड ईफेक्ट पनि रहेको छ । वर्ड ईफेक्टले शब्दहरुलाई ईमोजिसँग जोडी बनाउन दिन्छ । यसले सम्पूर्ण स्क्रीननै छोपिदने गर्दछ ।

यो फिचरलाई मेमोरिज, गीत प्रयोग गर्न सकिने एपले बताएको छ ।

यसमा फेसबुक पे प्रयोग गरेर जन्मदिनको गिफ्ट दिने फिचर रहेको छ । त्यस्तै बर्थडे अगमेन्टेड रियालीटी एफेक्ट र ३६० ब्याकग्राउण्डको फिचर पनि आएको छ । त्यस्तै एपमा साउण्डमोजि बर्थडे गीत पनि आएको छ ।

फेसबुकले हालै भ्वाइस र भिडियो कल इन्क्रिप्ट गर्ने फिचर पनि ल्याएको थियो । मोबाइल मङ्कीको अनुसार मासिक रुपमा १.३ बिलियन प्रयोगकर्ताले फेसबुक मेसेन्जर प्रयोग गर्ने गर्दछन् ।