कीवर्डहरू -

‘स्मार्ट चाइना एक्स्पो २०२१’ मा ओप्पोले प्रदर्शन गर्‍यो नयाँ म्यागभोक सिरिज र इन कार प्रविधि 

‘स्मार्ट चाइना एक्स्पो २०२१’ मा ओप्पोले प्रदर्शन गर्‍यो नयाँ म्यागभोक सिरिज र इन कार प्रविधि 

ओपोले ‘स्मार्ट टेक्नोलोजीः  इम्पावरिंग इकोनोमी, एनरिचिंग लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोंगचिंगमा आयोजना भएको स्मार्ट चाइना एक्स्पो २०२१ मा सहभागिता जनाएको छ ।

एक्स्पो मार्फत ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिंग सिरिज, ईन—कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शित गरेको थियो ।

ओपोले उपभोक्तालाई विभिन्न परिस्थितीमा समेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ईन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित फराकिलो क्षेत्रमा हाम्रो रणनैतिक तैनातीमा निरन्तर सफलता हात पार्दै गइरहेको ओपोको स्मार्टफोन प्रडक्ट्सका उपाध्यक्ष तथा अध्यक्ष हेनरी डुआनले बताए ।

नयाँ म्याग्नेटिक फ्ल्याश चार्जिंग र इन कार कनेक्टिभिटी टेक्नोलोजिज्का माध्यमबाट उपाभोक्ता अनुभवलाई हरसम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न लागिपरेको बताए ।

एक्स्पो मार्फत वायरलेस एयर चार्जिंग प्रविधिका साथै, ओपोले पहिलो पटक आफ्नो म्यागनेटिक फ्ल्याश चार्जिंग प्रविधि द ओपो म्यागभोक सिरिजपनि प्रदर्शित गरेको थियो ।

ओपोले डिजिटल कार की, ओपो फाइन्ड एक्सथ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, ईन कार फ्ल्याश चार्ज लगायत ईन—कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धिहरु पनि प्रदर्शन गरेको थियो ।

डिजिटल कार कीले प्रयोगकर्तालाई ओपो स्मार्टफोनको प्रयोग गरी ब्लुटुथ मार्फत सहजै आफ्ना कार अनलक गर्ने सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज हुने कम्पनीको दावी छ ।

ओपो फाइन्ड एक्सथ्री वा ओपो वाच टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलले प्रयोगकर्तालाई टाढैबाट एपको सहायताबाट एयर कन्डिशनिंग अन गर्ने सुविधा रहेको छ । यसको माध्यमबाट कार धनीले टाढैबाट हर्न बजाएर आफ्नो कारको खोजीपनि गर्न सक्ने छन् ।

साथै कार चलाई रहेको अवस्थामा पनि प्रयोगकर्ताले ओपोको ६५ वाट भोक यूएसबी फ्ल्याश चार्ज र ४० वाट भोक वायरलेस फ्ल्याश चार्ज सपोर्ट गर्ने ओपोको अत्याधुनिक इन कार फ्ल्याश चार्जको पनि प्रयोग गर्न सक्ने छन् ।