कीवर्डहरू -

नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्यो साओमी

नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्यो साओमी

साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ । बजार अनुसन्धान फर्म आईडीसी मोबाइल फोन ट्र्याकरको २०२१ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार साओमीले आफूलाई नम्बर वान घोषणा गरेको हो ।

२०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार सेयरको युनिट सिपमेन्टका साथ साओमीले २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।

साओमी कम्पनीले विगत एक बर्ष देखि नेपाली बजारमा शीर्ष स्थान कायम राख्दै आइरहेको छ । नेपालमा बिक्री वितरणमा रहेका शीर्ष सात स्मार्टफोन मध्ये साओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आईडीसी अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।

नेपालमा एमआई ११, एमआई ११ एक्स प्रो, रेड एमआई के २० सिरिज, पोको एफ ३ आदि जस्ता स्मार्टफोन निकै रुचाइएका छन् ।