कीवर्डहरू -

नेपाल टेलिकम र कर्मचारी ट्रेड युनियनहरूबीच २९ बुँदे सहमति, कुन कुन विषयमा भयो सहमति ? 

नेपाल टेलिकम र कर्मचारी ट्रेड युनियनहरूबीच २९ बुँदे सहमति, कुन कुन विषयमा भयो सहमति ? 

नेपाल टेलिकमको व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनबीच शुक्रबार राती सहमति भएको छ । अहिलेको कर्मचारी विनियमावलीमा संसोधन गर्न सिफारिस गर्ने लगायतका विषयमा दुबै पक्षबीच सहमति भएपछि ३९ दिनदेखि चल्दै आएको आन्दोलन रोकिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा टेलिकमको व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियहरूनबीच २९ बुँदे सहमति भएसँगै कर्मचारीहरूले धर्ना/संघर्ष लगायतका सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता भएका छन् ।

कम्पनीमा तह ११ मा पाँच वर्ष र तह १० मा आठ वर्ष सेवा अवधि पुगेपछि स्वत: अवकाश हुने व्यवस्था कम्पनीको कर्मचारी विनियमावली, २०७८ मा कायम गर्ने गरी संसोधन गर्न लोक सेवा आयोगमा पठाउने सहमति भएको छ ।

त्यस्तै प्रबन्ध निर्देशक पदमा नियुक्त भएमा नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वत अवकाश हुने व्यवस्था कम्पनीको कर्मचारी विनियमावली २०७८ मा कायम गर्ने गरी संसोधन गर्न लोकसेवा आयोग लेखि पठाउन सहमति भएको छ ।

कम्पनीको कुनै पनि कर्मचारीको प्रबन्ध निर्देशक पदमा नियुक्त भएमा नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वत अवकाश हुने व्यवस्था कम्पनीको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धि निर्देशिका २०७२ मा समावेश गर्न सञ्चालक समितिको सिफारिस सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने पनि सहमति भएको छ ।

२०६६ कात्तिक १ गतेपछि कम्पनीको स्थायी सेवामा नियुक्ति पाएका कर्मचारीहरुलाई विनियमको दफा १४४४(२) को सुत्र सरह हुने गरी योगदानमा आधारित निवृत्तभरण उपलब्ध गराउने र योगदानमा आधारित निवृत्तभरण कोषबाट निवृत्तभरणसँग सम्बनिधत अन्य सुबिधाहरु २०६६ कात्तिक १ अघि नियुक्त भएका कर्मचारीहरु सरह उपलब्ध गराउने व्यवस्था गर्न विनियमावली संसोधन गर्न लोकसेवा आयोग लेखि पठाउने विषयमा पनि सहमति भएको छ ।

त्यसैगरी सवारी चालकको साविक बमोजिमको तहगत व्यवस्था कायम गर्ने, बहालबाला कर्मचारीहरुलाई खुल्ला प्रतियोगितात्मक परीक्षामा सम्मेलित हुन उमेर हद नलाग्ने व्यवस्था गर्ने, एक तह मुनिको पदमा ३ वर्ष अवधि पुरा गरेको कर्मचारी माथिल्लो तहमा बढुवाको लागि सम्भाव्य उम्मेदावार हुन पाउने व्यवस्था कायम गर्ने सहमति भएको छ ।

यसका साथै कर्मचारीहरुको वृत्ति विकासमा पूर्वानुमानयोग्य बनाउनका लागि विकल्पहरु पहिचान गरी सिफारिश गर्न क्रियाशिल कर्मचारी युनियनहरुको समेत प्रतिनिधित्व रहने गरि समिति गठन गर्ने, सेवा नखुलेको पदमा बढुवा सम्बन्धमा कर्मचारी विनियमावलीमा २०६१ मा भएको व्यवस्था कामय गर्ने, कम्पनीको प्रबन्ध निर्देशकको कार्यसम्पादन सहमति सार्वजनिक गरी अर्ध वार्षिक रूपमा सञ्चालक समितिले मूल्यांकन गरी आवश्यक निर्देशन दिने सहमति भएको छ ।

कम्पनीको आम्दानी वृद्धि गर्न आगामी तिन महिनाभित्र व्यवसायीक रणनीति तथा कार्यक्रम बनाइ लागु गर्ने र भदौ २२ गतेबाट नमस्ते पे पहिलो चरणमा व्यवसायीक रूपमा सञ्चालनमा ल्याउने लगायतका विभिन्न विषयमा सहमति भएको छ ।

सम्बन्धित कभरेज

नेपाल टेलिकम ट्रेड युनियनसँग तीन दिनदेखि वार्ता, मध्यमार्गबाट समाधान खोजिदै

टेलिकम ट्रेड युनियन कर्मचारीले आन्दोलनमै बिताए एक महिना, समाधानको टुङगो छैन

चर्को प्रतिस्पर्धामा उत्रिनु पर्ने टेलिकममा १७ दिनदेखि आन्दोलन, कसले लिने जिम्मेवारी ?

नेपाल टेलिकममा कर्मचारी विनियमावली विवाद, पारित गरेको अर्को दिननै किन गर्नुपर्‍यो संशोधन ?

आन्दोलनमा उत्रिए टेलिकम कर्मचारी, थुनिए प्रबन्ध निर्देशक