कीवर्डहरू -

कम्प्युटरको जकं फाइल कसरी क्लिन गर्ने ? यस्तो छ तरिका

कम्प्युटरको जकं फाइल कसरी क्लिन गर्ने ? यस्तो छ तरिका

डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने क्रममा जकं फाइल सफा गर्नु पनि एकदमै महत्वपूर्ण हुने गर्दछ ।

आज हामी कमाण्ड प्रम्प्टको प्रयोग  गरेर विन्डोज प्रयोग भएको कम्प्युटरमा जकं फाइल कसरी क्लिन गर्ने भन्ने बारे जानकारी दिदैछौं ।

१. सर्वप्रथम स्क्रीनको तल्लो बायाँ भागमा रहेको स्टार्टमा क्लिक गर्नुपर्छ र सर्चबारमा सिएमडी वा कमाण्ड प्रम्प्ट टाइप गर्नुपर्छ । त्यसपछि ईन्टर क्लिक गर्नुपर्छ ।

२. त्यसपछि आएको कमाण्ड प्रम्प्ट एप्मा क्लिक गर्नुपर्छ ।

३. यति गरेपछि अस्थायी फाइलहरु कहाँ गएर सेभ भएको छ भनेर हेर्न कमाण्ड प्रम्प्ट विन्डोमा तल दिइएको कोड टाइप गर्नुपर्छ %SystemRoot%\\explorer.exe%temp%\\

४. अब तपाईले कन्ट्रोल र ए थिचेर डिलिट की वा सिफ्ट र डिलिट थिचेर फाइलहरु डिलिट गर्न सक्नुहुनेछ ।

५. केही डिस्कमा स्पेस खाली गर्न लो डिस्क कमाण्ड प्रयोग गर्न सकिन्छ जुन cleanmgr/lowdisk/e हो ।

६. छिटै डिस्क क्लियर गर्न cleanmgr/verylowdisk/e कोड पनि प्रयोग गर्न सकिन्छ ।