कीवर्डहरू -

चिनियाँ ब्याट्री निर्माता एसभिओएलटीले विद्युतीय गाडीको पावर प्याक कोबाल्ट मुक्त बनाउने

चिनियाँ ब्याट्री निर्माता एसभिओएलटीले विद्युतीय गाडीको पावर प्याक कोबाल्ट मुक्त बनाउने

चिनियाँ ब्याट्री निर्माता कम्पनी एसभिओएलटीले विद्युतीय गाडीको पावर प्याक कोबाल्ट मुक्त बनाउने भएको छ । यातायात क्षेत्रले ग्रिन हाउस ग्यासको उत्पादनमा सबैभन्दा बढि योगदान पुर्‍याउने गर्दछ ।

यही वातावरण सुरक्षाका लागि हामी विद्युथिय गाडी तर्फ अघि बढदै छौँ तर विद्युतिय गाडीको ब्याट्री मा वातावरणलाई क्षति पुर्‍याउने कोबाल्ट हुने गर्दछ । कोबाल्टको उत्खननमा पनि बाल श्रम र वातारणलाई हानी पुर्‍याइने हुँदा चिनियाँ ब्याट्री निर्माताले विद्युतीय गाडीको पावर प्याक कोबाल्ट मुक्त बनाउने भएको हो ।

चेङडु मोटर शोमा एसभिओएलटीले ८२.५ किलोवाट प्रति घण्टाको क्षमता भएको पावर प्याकको प्रस्तुती गरेको थिए । साधारण तापक्रममा ब्याट्रीले  एकचोटिको चार्जमा ३७३ माइल दूरी चल्न दिने कम्पनीले बताएको छ र पाँच सेकेण्डमै सून्य देखि ६० माइल प्रति घण्टा जान सक्छ ।