कीवर्डहरू -

के हो फेसबुक मार्केटप्लेस ? जहाँ रोजिरोजी किन्न पाइन्छ सामान

के हो फेसबुक मार्केटप्लेस ? जहाँ रोजिरोजी किन्न पाइन्छ सामान

तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन लाइन भएको अप्सन र डेस्कटपमा डटडट भएको अप्सनमा जानु भयो भने त्यसभित्र मार्केटप्लेस भन्ने अप्सन रहेको हुन्छ । त्यहाँ विभिन्न किसिमका सामानहरु रहेका हुन्छ ।
मार्केटप्लेस भनेको त्यस्तो ठाउँ हो जहाँ बिक्रेताले आफ्ना समाना डिस्प्ले गर्न सक्छन् भने किन्नेले सामान हेर्न सक्छन् । त्यहाँ सामान हेरेर सम्बन्धित बिक्रेतालाई सम्पर्क गरेर सामान किन्न सकिन्छ । यो एक अनलाइन सेवा हो जसले खरिदकर्ता र बेच्ने विक्रेतालाई जोडिदिने गर्दछ । यहाँ कसैले पनि विक्रिको सामान पोस्ट र खोज्न सक्छन् । फेसबुकको धेरै प्रयोगकर्ता भएकाले फेसबुक मार्केटप्लेसबाट सामान बिक्री गर्न सक्ने एक ठाउँ हो ।

फेसबुक मार्केटप्लेसले कसरी काम गर्छ त ?

फेसबुक मार्केटप्लेस फेसबुक सप फिचरभन्दा भिन्न हुने गर्दछ । फेसबुक मार्केटप्लेसले कारोबार गर्न दिदैन् । यसले सामान खरीद गर्न मनभएको प्रयोगकर्तालाई विक्रेतासँग म्याच गराईदिने काम मात्रै गर्ने गर्दछ । दुई पक्ष जोडिएपछि एक अर्कासँग भुक्तानीको प्रक्रिया र ठेगााना छलफल गरेर कारोबार गर्ने गर्दछन् ।

फेसबुक मार्केट प्लेसमा सामान विक्रि गर्दा त्यसले तल बताइएको ढाँचा प्रयोग गर्ने गर्दछ ।

१. विक्रेताले फेसबुक मार्केटप्लेसमा सामानको फोटो सहित निःशुल्क प्रडक्ट लिस्टिङ बनाउने गर्दछन् । यसमा विस्तृत विवरण र मूल्य पनि राखिएको हुन्छ ।

२. सोही विवरणलाई हेरेर खरीदकर्ताले फेसबुक मार्फत मेसेज पठाउने गर्दछन् ।

३. खरीदकर्ता र विक्रेताले भुक्तानीको प्रक्रिया र ठेगाना छलफल गर्छन् ।

४. यसपछि खरीदकर्ता र विक्रेता भौतिक रुपमा भेटेर सेवा र प्रडक्ट आदानप्रदान गर्ने गर्दछन् ।

फेसबुक मार्केटप्लेस कसरी पहुँच गर्ने ?

फेसबुक मार्केट प्लेस पहिलेनै फेसबुकमा उपलब्ध हुने गर्दछ । तपाईले धेरैजसो समय फेसबुक वेबसाईट ब्राउज गर्दा फेसबुक मार्केट प्लेसको विज्ञापन देख्न सक्नुहुनेछ । यसले कुनकुन सामान विक्रीमा छ भनेर देखाउने गर्दछ । फेसबुकको एन्ड्रोइड तथा आईओएसको मेन मेन्यु आईकनमा गएर मार्केटप्लेस सेलेक्ट गर्नुपर्छ ।

फेसबुक मार्केट प्लेस एप पनि छ ?

फेसबुक मार्केट प्लेसको आधिकारिक एप छैन् किनभने यो फेसबुकको एन्ड्रोइड तथा आईओएस एपमानै एकीकृत गरिएको छ । अनआधिकारिक रुपमा भने फेसबुक मार्केट प्लेसका लागि टन्नै एपहरु रहेका छन् ।

फेसबुक मार्केट प्लेसमा केके विक्रि गर्न सकिन्छ ?

यसमा दैनिक सामानहरु सबै विक्रि गर्न सकिन्छ । यसमा गाडी, खेलौना, फर्निचर, ब्लु रे डिस्क जस्ता सब कुरा बेच्न सकिन्छ । विक्रेताले मसाज, धारा बनाउने, सफा गर्ने जस्तो सेवाहरुको पनि विज्ञापन दिन सक्छन् ।

फेसबुक मार्केट प्लेसमा केके विक्रि गर्न पाइदैन् ?

फेसबुक मार्केट प्लेसमा स्वास्थय सामाग्रीको सामान र जनावरहरु विक्रि गर्न पाईदैन् । प्रयोगकर्ताहरुले वान्टेड वा लुकिङ फर भनेर पनि हाल्न मिल्दैन् ।