कीवर्डहरू -

बर्जरको फेस्टिभ राइड योजना शुरू, उपहारमा बाईक, स्कटर र मोटरसाइकल प्रदान गरिने

बर्जरको फेस्टिभ राइड योजना शुरू, उपहारमा बाईक, स्कटर र मोटरसाइकल प्रदान गरिने

दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको छ । बर्जर पेन्ट्सको यो योजना भदौं १५ गतेबाट शुरु भएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्रान्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् ।

यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन् ।

यसैगरी अन्य आकर्षक उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसङ एस२१ मोबाइल र ५० जनालाई सामसङ एम ०२एस मोबाइलहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै योजनामा उपभोक्ताहरूले रंगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेबसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्नेछन् ।

यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गर्ने पनि कम्पनीको योजना छ ।