कीवर्डहरू -

ह्वाटसएप वेबमा भएको फूल पेज कुराकानीको स्क्रीनशट कसरी लिने ? 

ह्वाटसएप वेबमा भएको  फूल पेज कुराकानीको स्क्रीनशट कसरी लिने ? 

अहिले धेरै जनाले अझै पनि वर्क फर्म होमबाट काम गर्दा ह्वाटसएप वेब पनि धेरै ह्वाटसएप प्रयोगकर्ताको महत्वपूर्ण भाग बनेको छ । यसले प्रयोगकर्ताहरुलाई काम गर्न अझै सहज बनाएको छ ।

तर यसमा फूल पेजको स्क्रीनशट लिन मिल्ने अप्सन भने छैन् । विन्डोज १० मा स्क्रोलिङ स्क्रीनसटको फिचर नभएकाले यस्तो भएको हो ।

तर आज हामी तपाईलाई ह्वाटसएप वेबमा भएको  फूल पेज कुराकानीको स्क्रीनसट कसरी लिने भनेर जानकारी दिदैछौं ।

पहिलो प्रक्रिया : माइक्रोसफ्ट एज ब्राउजर प्रयोग गरेर

माइक्रोसफ्ट एजमा फूल पेज स्क्रीनसट गर्ने फिचर रहेको छ। सर्वप्रथम एजमा गएर सिफ्ट+कन्ट्रोल+एस थिच्नुपर्छ र फुल पेज स्क्रीनसट अप्सनमा थिच्नुपर्छ । त्यसपछि स्क्रोल गरेर ह्वाटसएप वेब कन्भर्सेसन पेजमा जानुपर्छ र स्क्रीनसट पाएपछि सेभ आइकनमा थिच्नुपर्छ ।

दोस्रो प्रक्रिया : क्रोम एक्स्टेन्सन प्रयोग गरेर

ईन्टरनेटमा थुप्रै थर्ड पार्टी गूगल क्रोम एक्स्टेन्सनहरु रहेका छन्  जसले क्रोममा फूल पेजको स्क्रीनसट लिन दिन्छ ।

यसका लागि क्रोम वेब स्टोरमा जानुपर्छ र फूल पेज स्क्रीनसट एक्स्टेन्सन खोज्नुपर्छ । यसका लागि तपाईले गो फुल पेज, स्क्रीनसट टूल, स्क्रीनसट मास्टर जस्ता एक्स्टेन्सनहरु खोजेर प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसलाई क्रोममा जोडनुपर्छ र ह्वाटसएप वेबमा गएर कुनै एउटा कन्भर्सेसन खोल्नुपर्छ । अनि एक्सटेन्सनमा थिचेर स्क्रीनसट लिन सकिन्छ । गूगलले आउँदो अपडेटहरुमा क्रोममा स्क्रीनसटको फिचर पनि राख्ने बताएको छ ।