आइतबार, १४ असोज, २०८०
Sunday, 01 October, 2023

दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न सजिलो हुने

दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ । दराजले देशका बिभिन्न भागहरुमा आइएमई पेसँग साझेदारीमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको हो । 

यस साझेदारीको माध्यमबाट चयन आइएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने दराजले जनाएको छ ।

यस्ता पोइन्ट्सले सामान रिटर्नको लागि एक अधिक सुविधा जनक र झन्झट मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरू अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् । 

दराजको हब बाहेक ग्राहकहरू अब उपत्यका भित्र र बाहिर रहेका आइएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् ।

हाल काठमाडौं उपत्यकामा ६ वटा हबहरु संचालनमा रहेका छन् भने छिट्टै ८ वटा हव संचालनमा आउने दराजले जनाएको छ ।


 

सम्बन्धित समाचार