कीवर्डहरू -

सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड

सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड

सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको हो ।

योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशत सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिने पनि बैंकले जनाएको छ ।

यसका अतिरिक्त ५०० बराबरको एनसेल सिम कार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले जनाएको छ । यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकहरूका लागि उपलब्ध हुने बैंकले बताएको छ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।