कीवर्डहरू -

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने भएको छ ।

बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यास ब्याक पाउनेछन् ।

यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि इसेवाले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएको छ । आइफोन विजेता गोला प्रथा माध्यमबाट छानिनेछ ।

आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको पनि इसेवाले जनाएको छ ।