कीवर्डहरू -

एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने भएको  छ । यो सेवा शुरू भएसंगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्।

त्यस्तै प्राप्त भएको रकम पुनः खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्तीको रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने छ ।

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।

खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले ग्राहकहरुलाई घरमै रेमिट्यान्स सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा एभरेष्ट रेमिट संगको सहकार्यमा गरेको बताए ।

विदेश बाट एभरेष्ट रेमिट मा पठाएको पैसा खल्ती बाट प्राप्त गर्न

  • खल्ती एप को होम पेजमा गई सेण्ड मनी मा ट्याप गर्ने

  • रेमिट्यान्समा गई रिसिभ मनीमा क्लिक गर्ने

  • एभरेष्ट रेमिट छनोट गर्ने

  • कन्ट्रोल पिन दाखिला गरी प्रोसिडमा ट्याप गर्ने

  • सबै विवरण यकिन गरी ओके बटनमा ट्याप गर्ने