कीवर्डहरू -

एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?

एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?

आज साझ एप्पल ईभेन्ट आयोजना गर्दै  छ । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्रमहरु आयोजना गर्ने गर्दछ र सेपटेम्बर महिना आईफोन सार्वजनिक हुनका लागि प्रख्यात रहेको छ ।

एप्पलले सन् २०२१ मा दुई ओटा कार्यक्रम गरिसकेको छ । पहिलो कार्यक्रम अप्रिलमा भएको थियो जसमा एप्पलले नयाँ आईप्याड अपग्रेड, रङ्गीबिरङ्गी आईम्याक, एयरट्याग ट्रयाकर, आईफोन १२ र अरु केही उपकरणहरु सार्वजनिक गरेको थियो ।

त्यसको दुई महिना पछि वार्षिक डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा आईओएस १५ को पहिलो लुक, म्याक ओएस, वाच ओएस ८ र आईप्याड ओएस १५ सार्वजनिक गरेको थियो । एप्पलको तेस्रो अर्थात आजको कार्यक्रमबाट  के के सार्वजनिक हुँदैछन् भनेर जानकारी दिदैछौं ।

१. आईफोन १३

आईफोन १३ मा चार ओटा फोन हुने अनुमान लगाइएको छ, जसमा आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ म्याक्स रहनेछन् । आईफोन १३ नयाँ डिजाइन, अपग्रेड गरिएको क्यामेरा, ब्याट्री र स्पेक्ससँग आउनेछ ।

२. एप्पल वाच ७

एप्पल वाच ७ मा नयाँ की फिचर, पातलो रिडिजाइन गरिएको बनावट, ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा सार्वजनिक भएको वाच ओएस ८ सँग आउनेछ ।

३. एयरपड ३

एयरपड ३ ले यो वर्ष अपडेट पाउनेछ । एयरपड ३ को एयरपड प्रो जस्तै स्पाटियल अडियोको फिचर हुने बताइएको छ ।

४. आईप्याड मिनी ६

आईप्याड मिनी लाई यो वर्ष रिडिजाइन गरेर आईप्याड मिनी ६ को रुपमा सार्वजनिक गरिनेछ ।

५. नाइन्थ जेनेरेसन आईप्याड

एप्पलको आईप्याडलाई नाइन्थ जेनेरेसनले अपग्रेड गरिनेछ । यो पातलो मोडेल र सुधारिएको प्रोसेसर हुनेछ ।

६. नयाँ म्याकबुक प्रो, म्याक प्रो, म्याक मिनी, आईम्याक र एप्पल डिस्प्ले

एप्पलले गत साल एम वान नामक आफ्नै चिप बनाएर म्याक पावर गर्ने बताएको थियो । एप्पलले म्याकबुक प्रो र म्याक प्रोका लागि पनि प्रोसेसकको नयाँ भर्सन ल्याउने आशा गरिएको छ । एप्पलले प्रो डिस्प्ले एक्सडीआरको पनि अझै सस्तो भर्सन सार्वजनिक गर्न सक्नेछ ।

एप्पलको आजको इभेन्टको लाइभ एप्पलको वेबसाइट र एप्पल टिभीबाट हेर्न सकिन्छ ।