कीवर्डहरू -

हाम्रो लक्ष्य भनेको नेपालबाट एक लाख एआई इन्जिनियरलाई तालिम दिने होः सूर्य बस्नेत

हाम्रो लक्ष्य भनेको नेपालबाट एक लाख एआई इन्जिनियरलाई तालिम दिने होः सूर्य बस्नेत

बुधबार अर्थात भोलिदेखि अनलाइनबाट ५ दिने मेसिन लर्निङ तथा डेटा साइन्समा वर्कशप आयोजना हुँदैछ । मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउन्टटेक सोलुसन प्रालिको सहकार्यमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि भर्चुअल वर्कशप आयोजना हुँदैछ ।

यो वर्कशपको चौथो संस्करण हो । ५ दिनसम्म सञ्चालन हुने यो वर्कशप हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

यसै सन्दर्भमा वर्कशपको विविध विषयमा कार्यक्रम संयोजक सूर्य बस्नेत सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः


बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा वर्कशप आयोजना हुँदैछ । कस्तो चलिरहेको छ तयारी ?

यो वर्कशपको तयारीमा काम गर्न थालेको ३ महिना भयो । सन् २०१८ मा नेपाल मेसिन लर्निङ र डेटा साइन्समा त्यति ग्रो नभएको जस्तो लागेपछि हामीले यो वर्कशप आयोजना गर्न थालेका थियौं ।

अहिले हुन लागेको यो वर्कशपको चौथो संस्करण हो । शुरूमा हामीले यसमा के के एजेन्डा हुन सक्छन् के के विषयमा छलफल गर्न सकिन्छ भनेर काम गर्‍यो । त्यसपछि हामीले विश्वभरबाट स्पीकरहरू छनोट गर्‍यो । हामीसँग ४ जना कीनोट स्पीकरण र २४ जना स्पीकर हुनुहुन्छ ।

स्पीकरको रूपमा हामीले सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी स्पीकर छनोट गरेका छौं । हामीले यस वर्कशपमा २ वटा प्यानल सेसन समेत राखेका छौं । यसमा प्रोजेक्ट वर्क समेत हुन्छ । जसमा सहभागीलाई प्रोजेक्ट मेन्टरले गाइड गर्नुहुन्छ । समग्रमा भन्नुपर्दा मेसिन लर्निङ तथा डेटा साइन्सको यस अनलाइन वर्कशप आयोजनाको तयारी पुरा भएको छ । अब वर्कशप सञ्चालन हामी तयार छौं ।

\"\"

अनलाइनबाटै हुने यो वर्कशपमा ८०० बढी सहभागी हुने अपेक्षा गरिएको थियो । अहिलेसम्म हेर्दा कतिले रजिष्ट्रेसन गर्नुभएको छ ?

अहिले सम्म २ सय बढीले रजिष्ट्रेसन गर्नुभएको छ । यस पटक विद्यार्थी भन्दा पनि प्रोफेसनलहरू बढी हुनुहुन्छ । विद्यार्थीको परीक्षा भएर पनि विद्यार्थीको रजिष्ट्रेसन कम भएको होला ।

यो वर्कशपमा किन सहभागी हुने ?

प्रत्येक १० वर्षमा प्रविधिमा ठूलो परिवर्तन आउने गरेको छ । १९७० देखि ८० को चरणलाई हामीले हेर्‍यौं भने त्यतिबेला उद्योगले सफ्टवेयर प्रयोग गर्न अलि अलि शुरू गरे । १९८० देखि ९० सम्म स्ट्याटिक वेबसाइटहरू धेरै बने । १९९० मा गइसकेपछि इमेल, इन्टरनेट लोकप्रिय भयो ।

१९९० देखि २००० को बीचमा ई-कमर्शहरू शुरू भयो, अनलाइन मिडिया शुरू भयो, अनलाइनबाटै होटल तथा एयरलाइन्स बुकिङ शुरू भयो । त्यो १० वर्षको समयमा धेरै उद्योगहरू अनलाइनमा गए । २००० देखि २०१० सम्म सोसल मिडिया, कोओर्डिनेसन, कोलाबोरेसन र कम्युनिकेसनको टुलहरू अलिबढी ग्रो भयो ।

२०१० पछि अर्को क्रान्ति शुरू भयो । त्यसपछि ब्लकचेन प्रविधि, मेसिन लर्निङ, डेटा साइन्स, एआई प्रविधि लोकप्रिय हुन थाल्यो । त्यसभन्दा अगाडि एआई त्यति लोकप्रिय थिएन् । अहिले आएर प्रत्येक सफ्टवेयरमा एआईको अल्गोरिदम कतै न कतै प्रयोग हुन थालेको छ । अहिलेको विश्व अलमोस्ट डिजिटाइज भयो । कोरोनाले गर्दा त अझ ह्वात्तै बढ्यो ।

सबै क्षेत्रहरू अनलाइनमा जान थाले । जसले गर्दा डेटा कलेक्सन ह्वात्तै बढ्यो । डेटा जम्मा गरेर मात्रै त काम छैन् । त्यसलाई भ्यालिडेसन, भेरिफिकेसन र एनालाइसिस गरेर त्यसबाट केही नलेज ल्याउन सकियो भने त्यसको काम छ । अहिले विश्व त्यता पुगेको छ ।

डेटाबाट हामीले नलेज डिस्कभर गर्नुपर्ने भएको छ । यसको आवश्यकता देखेर हामीले यो वर्कशप शुरू गर्‍यौं । मेसिन लर्निङ, डेटा साइन्स चिजहरू अलमोस्ट अटोनोमस बनाउँदै लगेको छ । अहिलेको उदाउँदो प्रविधि भनेको एआई, मेसिन लर्निङ, डेटा साइन्स हो ।

त्यसबाट फाइदा लिन, जानकारी लिन यो वर्कशपमा सहभागी हुनुपर्छ । हाम्रो टार्गेट भनेको नेपालबाट १ लाख एआई इन्जिनियरलाई तालिम दिने हो । त्यसपछि मात्र नेपाल अगाडि जान सक्छ भन्ने हाम्रो रणनीति हो ।

त्यसकारण हामीले विदेशमा बसेको बहु राष्ट्रिय कम्पनीमा काम गर्ने नेपाली देखि लिएर नेपालको विश्वविद्यालय र उद्योगमा भएकालाई सहकार्य गरेर विद्यार्थी, डेटा साइन्स, डेटा इन्जिनियर, रिसर्चर, म्याम्याथिसियन, स्टार्टअप, संस्थापक लगायतलाई लक्षित गरेर वर्कशप आयोजना गरेका हौं ।

\"\"

मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि यो वर्कशपमा को को सहभागी हुन सक्छन् ?

वर्कशपमा डेटा साइन्टिष्टहरू, डेटा इन्जिनियरहरु, रिसर्चर, स्टुडेन्ट, विभिन्न आइटी कलेजमा पढाइ रहेका फ्याकल्टिजहरू, प्रोग्रामिङ सीपसहित म्याथम्याटिसिएन तथा स्ट्याटिसिएनहरू, कम्पनीको सीटीओ, स्टार्टअप लगायत सहभागी हुन सक्छन् ।

जहाँ डेटा उत्पादन हुन्छ, त्यस्तालाई लक्षित गरेर वर्कशप आयोजना गरेका हौं । यसमा हामी आधारभूतदेखि एडभान्ससम्म सिकाउने कोसिस गर्छौं । यसअघिका वर्कशप राम्रो भएरै हामी चौथो संस्करणसम्म आइपुगेका छौं । हामीले यसको शुल्क पनि दिनको सय अर्थात ५ दिनको ५०० रूपैयाँ राखेका छौं ।

यो शुल्क राख्नुको कारण भनेको पनि इच्छा नभएका सहभागी नहुन भन्ने हो । डेटा साइन्स तथा मेसिन लर्निङमा इच्छा भएकाहरू सहभागी हुन सक्नुहुन्छ ।

यो चौथौ संस्करणको वर्कशप हो । यसभन्दा अगाडिका संस्करणको कस्तो थियो प्रतिक्रिया ?

यसभन्दा अगाडिका संस्करणमा हामीले एकदमै राम्रो प्रतिक्रिया पायौं । २०१८ बाट हामीले यो वर्कशप सञ्चालन गर्न शुरू गरेका हौं । पहिलो वर्ष १०० जनाले रजिष्ट्रेसन गर्नुभएको थियो । आउँदा चाहि ३५ जना आउनु भएको थियो ।

दोस्रो वर्ष ३०० जनाले रजिष्ट्रेसन गर्नुभएको थियो । त्यसमा ७० जना सहभागी हुनु भएको थियो । तेस्रो वर्ष हामीसँग ५०० जनाले रजिष्ट्रेसन गर्नुभएको थियो । त्यसमा २०० जना सहभागी हुनुहुन्थ्यो । अहिले पनि हाम्रो त्यही टार्गेट हो । कोरोना महामारी र परीक्षाले त्यसमा केही फरक हुन सक्छ ।

\"\"