कीवर्डहरू -

कनेक्ट आईपीएस प्रयोग गरेर फण्ड ट्रान्सफर गर्दा ३ जनालाई स्मार्टफोन 

कनेक्ट आईपीएस प्रयोग गरेर फण्ड ट्रान्सफर गर्दा ३ जनालाई स्मार्टफोन 

कनेक्ट आईपीएसले ‘मोबाइल बैंकिङ फन्ड ट्रान्सफर बोनान्जा’ अफर सार्वजनिक गरेको छ । असोज ३ गतेदेखि कार्तिक २७ गतेसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।

यो अफर अन्तर्गत मोबाइल बैंकिङबाट कनेक्ट आईपीएस प्रयोग गरी वा कनेक्ट आईपीएसको एपबाट फण्ड ट्रान्सफर गर्दा ३ जनाले स्मार्टफोन पाउने छन् भने हरेक हप्ता १० जनाले १ हजार रूपैयाँ पाउने छन् ।

यो अफरको अन्त्यमा ३ जनालाई नयाँ स्मार्टफोन प्रदान गरिने कनेक्ट आईपीएसले जनाएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडमा काम गर्ने कर्मचारी र उनीहरूका परिवार यस अफर सहभागी हुन पाउने छैनन् ।