कीवर्डहरू -

'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा

'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भएपनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो ।

यस अभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा  रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्‌यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्‌यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।

हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्‌यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा  रहेका आफन्तको इसेवा खातामा रेमिट्‌यान्स पठाउन सक्ने सुविधा रहेको छ ।

इसेवामा प्राप्त उक्त रकमबाट नेपालमा  रहेका परिवारका सदस्यहरूले विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, बीमा योजनाहरू खरिद तथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवाले जनाएको छ ।

विदेशबाट प्राप्त रेमिट्‌यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूको जीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्ध रहेको छ । भौगोलिक दुरीमा टाढा भएपनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउन यस अभियानले प्रभावकारी भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ ।

विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मिहिनेतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारको हातमा पुर्‍याई त्यसबाट परिवारका दैनिक भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमा गर्न मद्दत गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ ।  ​​​

इसेवा खातामा सोझै रेमिट्‌यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै रेमिट्‌यान्स रकमलाई सोझै औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने इसेवाको विश्वास छ ।

साथै, यसले वैधानिक माध्यमबाट रेमिट्‌यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग पुर्‍याउनुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने विश्वास लिइएको छ । इसेवाले विगत लामो समयदेखि डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज र पहुँचयोग्य बनाउँदै आएको छ ।