कीवर्डहरू -

किङ्ग्स कलेजले शुरू गर्‍यो डेटा साइन्समा ब्याचलर्स, कस्तो छ कोर्ष ?

किङ्ग्स कलेजले शुरू गर्‍यो डेटा साइन्समा ब्याचलर्स, कस्तो छ कोर्ष ?

किंग्स कलेजले नेपालमै पहिलो पटक ब्याचलर्समा डेटा साइन्स पढाउन शुरु गरेको छ । अहिले विश्वभर डेटाको प्रयोग एकदमै बढ्दै गइरहेको छ । डेटाको प्रयोग बढ्दै गएपछि डेटा साइन्सको माग पनि उच्च छ ।

नेपालमा पनि डेटा साइन्सको माग बढ्दै गएपछि किंग्स कलेजले डेटा साइन्समा ब्याचलर्स अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी (बीएसआईटी) कोर्ष पढाउने थालेको हो ।

डेटा उद्योग छिटो छिटो विकास भइरहेको छ । हरेक दिन नयाँ अवसरहरु आईरहेका छन् । डेटाको प्रयोगले पहिले समाधान गर्न नसकेको समस्याहरुलाई पनि सजिलै समाधान गर्न सकिएको छ ।

डेटालाई वेबसाईट, विज्ञापन, कुनै पनि व्यवसाय देखि हरेक क्षेत्रमा प्रयोग गर्ने गर्न सकिन्छ । डेटाले रोजगारको अवसरहरु पनि वृद्धि गरिरहेको छ । बैंकहरुले पनि ठगी पत्ता लगाउन डेटाकै प्रयोग गर्ने गर्दछन् ।

व्यवसायहरुले विक्रीको भविष्यवाणी गर्न समेत डेटाको प्रयोग गर्ने गर्दछन् । डेटाको प्रयोग असिमित रहेको छ । डेटा विज्ञानमा केन्द्रित भएको नेपालको यो पहिलो स्नातक तहको कोर्स हो ।

किंग्स कलेजले यो कोर्ष पढ्ने हरेक एक विद्यार्थीलाई प्रशिक्षक उपलब्ध गराउने बताएको छ । प्रशिक्षकहरुले विद्यार्थीहरुलाई हरेक एक पाईलामा सघाउनका र मार्गदर्शन दिन सहयोग पुर्‍याउनेछन् ।

यो पाठ्यक्रमले अहिले नेपाली आईटी उद्योगले भोगिरेहको चुनौतिहरुलाई निर्मूल गर्नलाई मद्दत पुर्‍याउँने कलेजले जनाएको छ ।

बीएस इन डेटा साइन्समा वेब डिजाइन, डेटा एनालाइसिस, डेटा भिजुअलाइजेसन, बिजनेस इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषयहरू पढाइ हुने छन् । किंग्स कलेजको डेटा साइन्स कोर्ष बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

विश्वको उत्कृष्ट विश्वविद्यालय हार्भड विश्वविद्यालयले पनि डेटा साइन्सलाई २१ औं शताब्दीको सेक्सियस्ट जब घोषणा गरेको छ । डेटा साइन्सलाई अमेरिकामा सन् २०२१ को ५० शीर्ष रोजगारमा दोस्रो स्थान दिईएको छ । नेपालमा पनि डेटा साइन्सको माग बढ्दै गएको छ ।