कीवर्डहरू -

यी तरिकाबाट गर्न सकिन्छ एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड

यी तरिकाबाट गर्न सकिन्छ एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड

यदि तपाई फोनको सम्पूर्ण एक्टिभिटीको रेकर्ड गर्न चाहनु हुन्छ भने,यसको लागि गुगल प्ले स्टोरमा धेरै वटा एप्सहरु उपलब्ध रहेका छन् । तिनै एप्सहरु डाउनलोड गरेर तपाई आफ्नो फोनको स्क्रिन रेकर्ड गर्न सक्नुहुनेछ । यसरि तपाईले एप्सको मद्दतले मेसेन्जर टेक्स्ट,भिडियो कल लगायतका सम्पूर्ण क्रियाकलापहरु भिडियो फर्म्याटमा सेभ गर्न सक्नुहुनेछ । तल हेरौ स्क्रिन रेकर्ड गर्ने केहि एप्सहरु :

डीयु रेकर्डर (DU Recorder )–

डीयु रेकर्डर एप् लाई गुगल प्ले स्टोरमा गएर निशुल्क डाउनलोड गर्न सकिन्छ । फोनको स्क्रिन रेकर्ड गर्नका लागि डियु रेकर्डर एउटा राम्रो बिकल्प बन्न सक्छ । एपको सेटिङमा गएर युजर भिडियो रेजोलुसन लाई २४० पी देखि १०८० पी को बीचमा सेटिङ गर्न सकिन्छ ।

साथै यसको अडियो क्वालिटी पनि आवश्यकता अनुसार सेट गर्न सकिन्छ । रेकर्ड लाई बन्द गर्न अथवा चालु गर्नको लागि जेस्चर कन्ट्रोल अथवा मोबाइल शेक अप्सनको पनि प्रयोग गर्न सकिन्छ । यो एपबाट आफ्नो भिडियो शेयर अथवा एडीट पनि गर्न सकिन्छ भने यसको साइज ९.८ एमबी रहेको छ । साथै यो एपका प्रयोग कर्ताहरु १ करोड रहेका छन् र यसलाई युजर्सको ४.८ रेटिंग प्राप्त भएको छ ।

स्क्रिन रेकर्डर (Screen Recorder ) –

यो स्क्रिन रेकर्डर एपलाई पनि गूगल प्ले स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ । यो एप्को साइज २ एमबी रहेको छ भने यसलाई अहिले सम्म १० लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन् । एपलाई ४.२ रेटिंग प्राप्त भएको छ । यसमा रेकर्डिङको लागि युजर्स् काउन्टडाउन सेट गर्न सकिन्छ । यो एपको मद्दतले कुनै पनि गेम खेल्दै गर्दापनि स्क्रिनलाई रेकर्ड गर्न सकिन्छ ।

एजेड स्क्रिन रेकर्डर (AZ Screen Recorder)–

एजेड स्क्रिन रेकर्डरलाई गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।यो एपको साइज १५ एमबी रहेको छ । यसलाई डाउनलोड गर्ने प्रयोग कर्ताहरुको संख्या अहिले सम्म १ करोड पुगिसकेका छन् र यसलाई अहिले सम्म ४.६ रेटिंग प्राप्त भएको छ । यसका धेरै जसो फिचर्स भने खरिद गर्नु पर्ने हुन्छ ।

यो एपले स्क्रिनको साइडमा रेकर्डिङ अप्सन देखाईरहन्छ । यो एपमा पनि आफ्नो आवश्यकता अनुसारको रेजोलुसन तथा अडियो क्वालिटी सेट गर्न सकिन्छ । यसका साथै यो एपको बिशेषता भनेको यसमा फ्रन्ट क्यामेरा इनेबल गरेर अनस्क्रिन तथा आफ्नै भिडियो पनि रेकर्ड गर्न सकिन्छ ।