कीवर्डहरू -

नेपाल पेमेन्ट सोलुसनले शुरू गर्‍यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा

नेपाल पेमेन्ट सोलुसनले शुरू गर्‍यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।

यसलाई सरल भाषामा बुझ्दा, साना देखि ठूला व्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले वान लिंकबाट आफ्नो ग्राहकहरुलाई एसएमएस अथवा इमेल लगायत अन्य संचारको माध्यमहरु जस्तै ह्वाट्सएप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउँछ ।

यसले मोबाइल बैंकिङ सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्ने कम्पनीको विश्वास छ । परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा, ग्राहकहरूलाई म्यानुअल विवरणहरू मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलब्ध गराइन्थ्यो ।

यद्यपि वान लिंकमार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ-बैंकिङ्ग, एमबैंकिङ, आइपीएस कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको  विकल्प पाउन सक्छन् ।

अहिले सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि पछि यसबाट ऋणको इएमआई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्नेछ । कम्पनीका अनुसार समग्रमा यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकहरूलाई पनि सशक्त बनाउँछ ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो, जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

कम्पनीले ४० भन्दा बढि बैंक, ५० भन्दा बढि रेमिट्यान्स कम्पनी र २० भन्दा बढि वालेटहरुसँग सहकार्य गरेको छ ।