कीवर्डहरू -

नोटिफिकेसन नजाने गरी स्न्यापच्याटबाट कसरी लिने स्क्रीनशट ? 

नोटिफिकेसन नजाने गरी स्न्यापच्याटबाट कसरी लिने स्क्रीनशट ? 

सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अपडेट दिईरहन मिल्ने र भिडियो, फोटो तथा च्याटका मार्फत कुराकानी गर्न मिल्ने हुँदा यो एप चर्चित भएको हो ।

टिकटक जस्तै फिचर रहेकाले पनि यो एपलाई धेरैले मनपराउने गर्दछन् । तर यस एपमा कसैले पठाएको कन्टेन्ट स्क्रीनशट गरेमा नोटिफिकेसन जाने गर्दछ । आज हामी स्क्रीनशट लिदाँ नोटिफिकेसन नजानलाई के गर्ने भन्नेबारे जानकारी दिदैछौं ।

गूगल एसिस्टेन्टको प्रयोग

गूगल एसिस्टेन्ट प्रयोग गरेर स्क्रीनशट लिदाँ नोटिफिकेसन जाँदैन् । यसमा सजिलै स्न्यापच्याट खोलेर स्क्रीनशट गर्नुपर्ने स्नापमा ओके गूगल भनेर गूगल एसिस्टेन्टलाई स्क्रीनशट लिन लगाउन सकिन्छ । तर यो प्रक्रियाबाट स्क्रीनशट आफै गएर ग्यालेरीमा भने सेभ हुँदैन् ।

एयरप्लेन मोडको प्रयोग

सर्वप्रथम स्न्याप खोलेर स्मार्टफोनमा एयरप्लेन मोड अन गर्नुपर्ने हुन्छ । अब स्क्रीनशट लिएर सेभ गर्नुपर्ने हुन्छ । यति गरेर एयरप्लेन मोडलाई बन्द गर्दा हुन्छ । अब  ग्यालेरीमा तपाईको ईमेज पाउन सकिन्छ ।