शनिबार, ८ माघ, २०७८
Saturday, 22 January, 2022

टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रोजेक्ट एक्जिबिसन कार्यक्रम आयोजना गरेको छ । पुस ३० गते बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म उक्त एक्जिबिसन सञ्चालन हुनेछ । 

उक्त एक्जिबिसनमा विद्यार्थीहरूले बनाएका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने छ । यसै सन्दर्भमा सो एक्जिबिसनमा कस्ता कस्ता प्रोजेक्ट प्रदर्शनीमा हुन्छन् ? यो किन आवश्यक छ ? लगायतका विषयमा एक्जिबिसनका योजनाकार तथा बीई आईटीको सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी उमेश पनेरूसँग आइसिटी समाचारले गरेको छोटो कुराकानीको सम्पादित अंशः


पुस ३० गते तपाईहरूले प्रोजेक्ट एक्जिबिसन कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ । यो कस्तो खालको कार्यक्रम हो ?

यो एउटा टेक्नोलोजिकल एक्सपोजर कार्यक्रम हो । शुक्रबारको प्रोजेक्ट एक्जिबिसनमा सफ्वटवयेर, हार्डवेयर र सिभिलसँग सम्बन्धि विद्यार्थीले बनाएका प्रोजेक्ट प्रदर्शनीमा राख्ने तयारी छ ।

यसमा एनसीआईटी कलेजका विद्यार्थीले ४० प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ । यो विद्यार्थीलाई मोटिभेट गर्ने खालको कार्यक्रम हो । 

यस प्रदर्शनीमा कस्ता कस्ता प्रोजेक्ट प्रदर्शनीमा राखिन्छ ? 

दैनिक जीवनमा आउने समस्याहरूलाई समाधान गर्ने प्रोजेक्ट प्रदर्शनीमा राखिने छ । तेस्रो, पाँचौं र सातौं सेमेस्टरका विद्यार्थीले बनाएका आईओटी, ई-कमर्स, डिजिटल, होम अटोमेसन लगायतका ४० प्रोजेक्ट प्रदर्शनीमा हुन्छन् । यसमा प्रदर्शनी मात्र नभएर अटोक्याड सफ्टवेयर प्रतिस्पर्धा समेत हुनेछ ।

एक्जिबिसन आयोजना गर्नुको उद्देश्य के हो ? 

टेक्नोलोजीकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबेसन आयोजना गरिएको हो । हामीले बाहिरबाट अतिथिहरू पनि बोलाएका छौं । उहाँहरूले पनि प्रदर्शनीमा राखिएका प्रोजेक्टको बारे सल्लाह सुझाव दिनुहुनेछ ।

मैले बनाएको प्रोजेक्ट मेरो लागि उत्कृष्ट हुन्छ तर त्यसलाई अरूले कसरी बुझ्छन् त्यसको बारेमा पनि थाहा पाउन सकिन्छ । विद्यार्थीलाई प्रेरित गर्न एक्जिबिसन राखेको हो । 

कोरोना महामारी पुनः उकालो लाग्न थालेको छ । यस्तो अवस्थामा एक्जिबिसन आयोजना गर्दै हुनहुन्छ । स्वास्थ्यका मापदण्ड कसरी पालना गर्नुहुन्छ ? 

हामीले मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम अनिवार्य गरेका छौं । ठाउँ ठाउँमा स्यानिटाइजर राख्ने छौं भने मास्कका छुट्टै स्टलको व्यवस्था गर्नेछौं ।

त्यस्तै प्रोजेक्ट डेमोन्ट्रेसनमा पनि हामीले १० जना मात्रै मान्छे राख्छौं । यसरी हामीले स्वास्थ्यका मापदण्ड पालना गर्नेछौं । 


 

सम्बन्धित समाचार