कीवर्डहरू -

अनलाइन कक्षाका लागि मासिक २८८ रूपैयाँमा विद्यार्थीलाई इन्टरनेट दिदै डिशहोम

अनलाइन कक्षाका लागि मासिक २८८ रूपैयाँमा विद्यार्थीलाई इन्टरनेट दिदै डिशहोम

नेपालमा कोरोनाको तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् ।

यस्तो अवस्थामा विद्यार्थीको सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ ।

स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ ।

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ ।

डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार अनलाइन कक्षाका लागि चाहिने एप तथा सफ्टवेयर चलाउन आवश्यक ब्याण्डविथ उपलब्ध हुनेछ ।

अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुने उनले जानकारी दिए ।

‘स्टुडेन्ट प्याकेज अन्तर्गत लिएको इन्टरनेट अनलाइन कक्षाका लागि मात्र प्रयोग गर्न सकिने छ,’ उनले आइसिटी समाचारसँगको कुराकानीमा भने, ‘उक्त इन्टरनेट अभिभावकले प्रयोग गर्न वा अन्य कामका लागि प्रयोग गर्न पाइने छैन् ।’
अनलाइन कक्षाका लागि चाहिने इन्टरनेट जडान गर्न शुरूमा राउटर लगायतको शुल्क २२ सय रूपैयाँ पर्नेछ । विद्यार्थीको अनलाइन कक्षा सकिएपछि यसलाई डिशहोम फाइबरनेट अन्य प्याकेजमा अपग्रेड गर्न सकिने छ ।

स्टुडेन्ट प्याक बारे थप जानकारीका लागि नजिकको डिशहोम डिलर दाईसँग सम्पर्क गर्न वा ९८०१५४४००० सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।