काठमाडौं । गृहमन्त्रालयले आफ्नो कार्य क्षेत्रसँग सम्बन्धि गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताए ।
गृहमन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरु टोल फ्रि नम्बर १११२, इमेलमा [email protected] र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा कल गर्न सकिने जनाएको छ ।

आईसीटी समाचार