कीवर्डहरू -

इन्स्टाग्राममा 'टिन अकाउन्ट' फिचर सार्वजनिक

इन्स्टाग्राममा 'टिन अकाउन्ट' फिचर सार्वजनिक

इन्स्टाग्रामले टिन अकाउन्ट फिचर सार्वजनिक गरेको छ । यो फिचर १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो, जसले उनीहरूको सुरक्षा र गोपनीयता सुनिश्चित गर्छ । 
यसको प्रमुख फिचरहरु यसप्रकार रहेका छन् :

डिफल्ट प्राइभेट अकाउन्ट – टिन अकाउन्ट स्वतः प्राइभेट मोड मा सेट हुनेछ, जसले गर्दा अपरिचित व्यक्तिहरूले उनीहरूको पोस्ट हेर्न सक्ने छैनन् ।

सिमित म्यासेजिङ्ग अप्सन – टिन प्रयोगकर्ताहरूले केवल आफ्ना पहिलेबाट फलो गरिएका व्यक्तिहरूसँग मात्र म्यासेज आदान–प्रदान गर्न सक्नेछन् । 

सेन्सिटिभ कन्टेन्टको लिमिटेशन – टिन अकाउन्टलाई सबैभन्दा कडा कन्टेन्ट फिल्टरिङ सेटिङ मा राखिनेछ, जसले संवेदनशील वा अनुपयुक्त सामग्रीहरू देखिन दिंदैन् ।

डेली युसेज लिमिट – यदि प्रयोगकर्ताले ६० मिनेटभन्दा बढी एप चलाएमा, एप बन्द गर्न सुझाउने सूचना (ल्यतषष्अबतष्यल) प्राप्त हुनेछ ।

स्लीप मोड – राति १० बजे देखि बिहान ७ बजेसम्म स्लीप मोड सक्रिय हुनेछ, जसले नोटिफिकेशन र डाइरेक्ट म्यासेज (डिएम) म्यूट गर्नेछ ।

ट्यागिङ र मेन्सनको सीमा – प्रयोगकर्तालाई केवल उनीहरूले फलो गरेका व्यक्तिहरू ले मात्र ट्याग वा मेन्सन गर्न सक्नेछन् ।

हिडन वड्र्स फिचर – यो फिचर एंटी–बुलिङ टुल को रूपमा काम गर्नेछ, जसले गालीगलौज, आपत्तिजनक इमोजी वा वाक्यांशहरू अटोमेटिक रूपमा ब्लक गर्नेछ ।

अकाउन्ट सेटिङमा अभिभावकको स्वीकृति – १६ वर्षभन्दा कम उमेरका बच्चाहरूले यदि सेटिङ परिवर्तन गर्न चाहन्छन् भने, अभिभावकको अनुमति अनिवार्य हुनेछ ।

म्यासेजिङ सुपरभिजन – अभिभावकहरूले बच्चाले पछिल्लो ७ दिनमा पठाएका म्यासेजहरूको सूची हेर्न सक्नेछन्, तर म्यासेजको सामग्री भने पढ्न सक्ने छैनन् ।

डेली टाइम लिमिट – अभिभावकहरूले बच्चाहरूका लागि इन्स्टाग्राम प्रयोगको समय सीमा तोक्न सक्नेछन्, जसले उनीहरूलाई अत्यधिक प्रयोगबाट जोगाउँछ ।

विशेष समयमा एक्सेस ब्लक – अभिभावकहरूले रातिको समयमा वा कुनै विशेष समयमा बच्चाहरूको इन्स्टाग्राम एक्सेस बन्द गर्न सक्नेछन् ।

इंस्टाग्रामको टिन अकाउन्ट फिचरले युवा प्रयोगकर्ताहरूलाई सुरक्षित अनलाइन अनुभव प्रदान गर्ने र अभिभावकलाई अझ राम्रो नियन्त्रण दिने उद्देश्य राखेको छ । यो फिचर सबै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरू का लागि उपलब्ध छ ।