कीवर्डहरू -

डा.बालकृष्ण बललाई १ लाख राशीको प्रविधि पुरस्कार

डा.बालकृष्ण बललाई १ लाख राशीको प्रविधि पुरस्कार

काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान र ईन्जिनियरिङ् विभागका विभागीय प्रमुख तथा आइसिटी अवार्डका जुरी डा. बालकृष्ण बल (भोजपुर) ले १ लाख राशिको प्रविधि पुरस्कार २०७९/२०८० पुरस्कार पाएका छन् । 

नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६ औं प्राज्ञसभा बैठकले २०७९ र २०८० का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो । 

त्यसैगरी ७५ हजार राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ३ जनालाई क्रमशः डा. सुप्रिया शर्मा, माइक्रोबायोलोजी केन्द्रीय विभाग, त्रि.वि.वि.लाई, डा. देवराज अधिकारी, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहर भवनलाई र डा. मुक्तिराम पौडेल, केन्द्रीय वनस्पति विभाग, त्रि.वि.वि. लाई प्रदान गरिने निर्णय भएको नास्टले जानकारी दिएको हो । 

त्यस्तै, सभाले ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. शान्ता पोखरेल, त्रिचन्द्र क्याम्पस, त्रि.वि.वि लाई, ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार डा. भूपेन्द्र दास, सप्तरीलाई र डा गोकर्ण जंग थापा, धनुषालाई, ५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार अतुल मिश्र, कान्तिपुर दैनिकलाई, जनही ७५ हजार राशीको विज्ञान शिक्षक पुरस्कार सात वटै प्रदेशका क्रमशः दामोदर सिग्द्येल, मोरंग, बद्री नारायण झा, बारा, मुकुन्द प्रसाद काफ्ल, काठमाडौं, शेखरनाथ शर्मा पौडेल, कास्की, डिला राय खनाल, रुपन्देही, भीम बहादुर बि.क., जुम्ला, केशवराज विष्ट, दार्चुलालाई प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले उत्कृष्ट विद्यार्थी पुरस्कार जनही २५ हजारका दरले प्रत्येक प्रदेशका १ जना छात्र र १ जना छात्रा गरी १५ जनालाई, जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुशिला कँडेल, बाग्लुंग र प्रदीप ढुंगानालाई, यस्तै ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार भवानी पाण्डे, कैलालीलाई प्रदान गर्ने निर्णय भएको छ ।

१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार डा. शैलेन्द्र खत्री, ललितपुरलाई र १ लाख ५० हजार राशीको गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार डा. राजु अधिकारी, अष्टे्र्लियालाई प्रदान गर्ने निर्णय भएको छ ।

सभाले २०८० सालमा प्रदान गरिने पुरस्कारहरु अन्तर्गत २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुमन प्रकाश प्रधान र मनिता स्याउलालाई, ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार शिशिर शर्मालाई, २५ हजार राशीको मोहन ध्वज बस्नेत प्रज्ञा पुरस्कार सिमा कुमारी गुप्ता, हस्क पावर नेपाल प्रा.लि.बीरगन्जलाई, २५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार, सुमन अर्याल, सूर्य किरण फाइबर इन्डस्ट्र्जि प्रा. लि. चितवनलाई, २५ हजार राशीको जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार राजन शाक्य, ललितपुरलाई प्रदान गर्ने निर्णय भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ ।