कीवर्डहरू -

वीरगञ्जमा क्यान इन्फोटेक जारी, कम्पनीले ल्याए आकर्षक छुट र अफर

वीरगञ्जमा क्यान इन्फोटेक जारी, कम्पनीले ल्याए आकर्षक छुट र अफर

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउन तथा प्रदेश २ लाई आइटीको हब बनाउने उद्देश्यले ‘सुबिसु क्यान इन्फोटेक–२०१९’ मेला आयोजना भइरहेको छ । क्यान महासघ पर्साको आयोजनामा वीरगन्जको टाउन हल (नगर सभागृह) मा सुरु भएको प्रदेश २ कै पहिलो संस्करणको क्यान इन्फोटेक हो । विभिन्न सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहेको मेलामा ५० भन्दा बढी स्टल छन् । आज तेस्रो दिनसम्म सकिदा मेला उत्साहजनक रुपमा सञ्चालन भइरहेको क्यान महासङ्घ पर्साका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।

‘हामी निकै उत्साहित छौं र पहिलो पटक भएको इन्फोटेक भव्य र सभ्य रुपले गर्दै छौं । हामीले सूचना प्रविधिलाई स्थानीयस्तरमा प्रवद्र्धन गर्न इन्फोटेकले भूमिका खेल्ने विश्वास लिएका छौं,’ उनले भने, ‘यो आइटीको सफ्टवेयर र हार्डवेयरको मेला त हो नै यसका साथमा स्थानीय रुपमा विकास गरिएका विद्यार्थी, स्टार्टअप र प्रोफेसनल कम्पनीहरुले उत्पादन गरेका वस्तु र उत्पादनको प्रदर्शनी पनि भइरहेको छ । साथै स्मार्ट सिटी विषयमा ५ सय जनाको उपस्थितिमा कन्फेरेन्स पनि भइरहेको छ ।’ 

उनले क्यान इन्फोटेकमा हामीलाई यहाँका स्थानीय सरकारी निकायबाट उत्साहप्रद हौसला र साथ मिलेको समेत बताए । 

इन्फोटेकमा कम्पनीहरुले विभिन्न अफर र छुट दिएका छन् । वीरगन्जमा पहिलो पटक भइरहेको इन्फोटेकमा राष्ट्रिय तथा स्थानिय कम्पनीहरुको सहभागिता छ । सुबिसुले भयंकर अफर ल्याएर सस्तोमा इन्टरनेट र डिजिटल टिभी सेवा उपलब्ध गराउने जनाएको छ ।

यसैगरी डाइनामिक टेक्नोसफ्टले विभिन्न सफ्टवेयर प्याकेजहरुमा ३० प्रतिशतसम्मको छुट दिएको छ । लर्डबुद्ध कलेज तथा अन्य आइटी कलेजहरुले पनि विद्यार्थीहरुलाई कोर्सहरुबारे जानकारीको साथै छुटहरु पनि दिने जनाएका छन् । 

भायनेट र वल्र्डलिंकले इन्टरनेट प्याकेजहरुमा विभिन्न छुट र अफरहरु दिइरहेका छन् । 

विभिन्न इन्टरनेटका प्याकेजमा अवलोकनकर्तालाई छुटसहित इन्टरनेट जोड्ने अफरहरु कम्पनीले दिएका छन् । यसैगरी क्वान्टासफ्टलगायतका केही सफ्टवेयर कम्पनीले प्रडक्टमा केही छुटका अफरहरु दिएका छन् ।

यसैगरी स्टार्टअपले सिसिटिभी तथा अन्य नेटवर्क सेक्युरिटी प्रडक्टहरुमा अफर दिएको छ । हिक भिजनले पनि प्रडक्टहरुमा छुट दिइरहेको जनाएको छ । कम्पनीहरुले हार्डवेयर तथा ग्याजेट्स प्रडक्टमा पनि अफर दिएका छन् । स्थानीय कम्पनीहरुले ल्यापटप, प्रिन्टर, एन्टिभाइरसलगायत एसेसरिज प्रडक्टहरुमा आकर्षक छुट र गिफ्टहरुसमेत प्रदान् गरेका छन् ।