कीवर्डहरू -

टुटल र पठायोका सबारी साधनलाइ प्रहरीको कारबाही

टुटल र पठायोका सबारी साधनलाइ प्रहरीको कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । काठमाडौँमा पछिल्लो समय टुटल र पठायोले दुइ पांग्रेमार्फत यात्रु बोक्ने काम गर्दै आएका थिए ।

टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा सात मोटरसाइकललाई कारवाही गरिएको महाशाखाले जनाएको छ । तर, अधिकांशले सामाजिक संजालहरुमा यसको बिरोध गरेका छन् ।

महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र  प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको जनाएको छ । टुटल लोकप्रिय हुदै गएपछि सर्बसाधारण मोबाइल एप मार्फत नै बुकिंग गरेर यात्रु यात्रा गर्ने गरेका छन् ।

कारवाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएको छ ।