कीवर्डहरू -

किन जरुरी छ नेपालमा ड्रोन ? 

किन जरुरी छ नेपालमा ड्रोन ? 

भौगोलिक क्षेत्रफलमा निकै नै सानो भए पनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कैयौं कुरा र विशेषताहरु छन्, जसले नेपाललाई विश्वसामु आफ्नो बेग्लै पहिचान दिएको छ। ती कैयौं विशेषतामध्ये नेपालको एक महङ्खवपूर्ण विशेषता हो, यसको भौगोलिक बनोट ।

समुद्री सतहदेखि करिब ७० मिटरदेखि ८८४८ मिटरको संसारकै सबैभन्दा ठूलो उचाइसम्म यही सानो क्षेत्रफलमा ओगटेको नेपाल पृथ्वीको स्वर्ग नै भन्न सकिन्छ । तर, जति राम्रा यसका पक्षहरु भए पनि यही विविधताले गर्दा यहाँको जनजीवन कठिन भएको छ। करिब ७२५ यहाँको जमिन भौगोलिक रुपमा अनियमित र कठिन छ, जसका कारण आजसम्म पनि थुप्रै ठाउँहरुमा सहज बाटोपुग्न सकेका छैनन्, जसको कमीले गर्दा शिक्षा, स्वास्थ्य र नेपाली जीवनशैलीमा ठूलो कठिनाइ निम्त्याइदिएको छ।

संसारले विज्ञानलाई चुनौती दिँदै अगाडि बढीरहेको बेलामा भएका प्रविधिलाई पनि सही रुपमा अँगाल्न छोडेर र सही नीति नियम तथा योजनाका बलमा यस्ता नयाँ प्रविधिको बढीभन्दा बढी प्रयोग गरेर देशलाई कसरी द्रुत गतिमा अघि बढाउने चिन्तन छोडेर उडेका ड्रोन समाउँदै हिँडेको सरकारले ड्रोनप्रतिको आफ्ना नीति तथा व्यवस्थामा संशोधन गर्नुपर्ने बेला भइसकेको छ।

जबसम्म नेपालका हरेक कुनाकाप्चामा सहज बाटाहरु र यातायातको सुविधा पुग्न सक्दैन, तबसम्म सबै अरु आवश्यकताहरु सबै ठाउँमा पु¥याउन र नेपाली जीवनशैली उकास्न सम्भव छैन । अहिलेको हाम्रो विकासको गति, प्राकृतिक प्रकोपले निम्त्याएका विनाश र जथाभावी निर्माणलाई मध्यनजर गर्ने हो भने यो सपना पूर्ण हुन केही वर्ष नभएर थुप्रै दशकहरु बित्ने देखिन्छ। के यसको मतलव संसार चन्द्रमा र मङ्गल ग्रहमा जीवन विस्तार गर्ने प्रयासमा लागिरहेको बेलामा अझै धेरै नेपालीहरु सास्तीको जीवनमै सकिने हुन् त ?

आज संसारमा विज्ञानले यति ठूलो फड्को मारिसकेको छ कि यसको सही प्रयोग गर्न सक्ने हो भने यहाँको जीवनलाई उकास्न दशकौं पर्खिरहन पर्दैन। नेपाली भूगोल, नेपाली जीवनको कठिनता र विज्ञानको एउटा सानो तर शक्तिशाली उपजको चर्चा गरौं, नेपालमा किन ड्रोन आवश्यक छ भन्ने चर्चा गरौंः

१. औषधि, रगत जस्ता अति आवश्यक स्वास्थ्यका आधारभूत कुरासम्म पनि यहाँका दुर्गम भेगका जनताहरूको पहुँच निकै न्यून छ। बजारमा पाइने औषधिको कमिमा कसैले ज्यान गुमाउनु भनेको निकै निन्दनीय हो । यस्ता घटनालाई न्यून पार्नु तथा सबै भेगका जनतालाई उचित स्वास्थ्य सेवा दिनुमा ड्रोनले निकै ठूलो भूमिका निर्वाह गर्न सक्छ। कम समयमा र कम खर्चमा जस्तो सुकै भेगमा पनि औषधि, रगत जस्ता कुराहरूलाई सजिलै ओसारपसार गर्न सक्ने ड्रोन नेपाल जस्तो राष्ट्रको लागी वरदान सावित हुन सक्छ।

२. प्राकृतिक प्रकोपको दृष्टिकोणले निकै जोखिममा रहेको नेपालमा कुन वेला के विपत्ति आउन सक्छ भन्ने आधार नै छैन । यस्ता घटना घटेका क्रममा निकै मानिसले खानपान, औषधि तथा सुरक्षासमेत पाउन मुस्किल छ। साथै यस्ता अवस्थामा मानिसको खोजी कार्य पनि निकै नै महतपूर्ण तर कठिन हुन्छ । यसका लागि रोबोट र विशेषगरी ड्रोनको प्रयोगले खोजी कार्य, खानेकुरा तथा औषधि वितरण जस्ता कार्यहरुमा निकै  नै सजहता पुर्याउँछ ।

३. खराव भूगोलका कारण यहाँ गरिने सर्वेक्षणका कार्यहरूवाट एकदम सही डाटा निकाल्न निकै मुस्किल छ । र प्रायः डाटाहरु अनुमानित हुन्छन् जसका कारण यहाँका निर्माण तथा विकासका कार्यहरु दिगो रहँदैनन्। यदि ड्रोनको प्रयोग गरेर सर्वेक्षण गर्ने हो भने निकै नै सही तथा ठेट डाटा पाउन सकिन्छ, जसले गर्दा निर्माण कार्यहरुको योजना राम्रोसँग गर्न सकिन्छ। साथै ड्रोनको प्रयोगले पूर्वाधारहरुको नियमित जाँच गर्न, घम् मोडलहरु सहजै बनाएर बिश्लेषण गर्न, ईत्यादी कार्यहरुमा पनि निकै सहज हुन्छ।

\"Image

४. पर्यावरणका लागी निकै नै उचित भएपनि नेपालले यस क्षेत्रलाई सही उपयोग गर्न सकेको छैन्। यदी नयाँ प्रविधिहरूको उचित प्रयोग गरेर यस क्षेत्रका पूर्वाधारमा लगानी गर्ने हो भने यहाँ पर्यावरणबाट अकल्पनीय आर्जन गर्न सकिन्छ। ड्रोनको प्रयोगले एक त पर्यटकका लागी औषधिलगायतका वस्तु जुनसुकै ठाउँमा वाहेको बेला पुर्याउन सकिन्छ भने अर्को त ड्रोन फोटोग्राफी, भिडियोग्राफीबाट यहाँका सुन्दर तथा मनोरम स्थानको चर्चा विश्वसामु पुर्याउन सकिन्छ र भर्चुवल टुरिजममा पनि यसलाई प्रयोग गर्न सकिन्छ।

५. कृषिमूलक देशका रुपमा चिनिने नेपालमा प्रविधिको प्रयोगबाट थुप्रै कुराहरुमा देश आत्मनिर्भर रही आयातसमेत गर्न सकिने गरी उब्जनी गर्न सम्भव छ। ड्रोन र विभिन्न सेन्सरको प्रयोगले ठूलो क्षेत्रफलमा कम समय तथा लगानीमा निरीक्षण, बीउ रोप्ने, रोग लागेका बोट बिरुवाको पहिचान, सहजै औषधि हाल्ने काम जस्ता थुप्रै कामहरु गर्न सकिन्छ।

६. अझै पनि सबै सरकारी निकायले प्रविधि नअँगाल्नुले चिठीपत्रको सञ्जालबाट चलेको छ नेपाल। यसले जनताको जीवन त कष्टकर त बनेको नै छ । तर नेपाली सरकारी कामलाई कछुवाको गतिमा पनि सीमित गरेको छ। ड्रोनको विशेष प्रयोग गरेर संवेदनशील तर अत्यावश्यक चिठीपत्रहरु तथा जनताले टाढा धाएर लिनुपर्ने कागजातहरु हरेक स्थानीय तहको कार्यालयहरुमा पु¥याउन सक्ने व्यवस्था गर्न सक्ने हो भने पनि निकै सहज र सुलभ रुपमा जनताले सरकारी सुविधा पाउन सक्छन् ।

७. उचित सुरक्षा नीति तथा गतिविधिको कमीमा राजधानीलगायत कुनै पनि कुनामा यहाँका सुरक्षाको सही प्रचलन अझैपनि हुन सकेको छैन । गस्तीमा, दुर्घटना भएका स्थानमा, ट्राफिक निरिक्षण आदिमा ड्रोनको प्रयोग गर्ने हो भने सबै ठाउँमा जनतालाई सुरक्षा दिन सजिलो हुन्छ। साथै हाईवेहरुमा गस्ती तथा अनुगमन ड्रोनबाट नियमित रुपमा गर्दा, वनजङ्गलको निरीक्षण गर्दा तस्करीका कार्यहरु नियन्त्रण गर्न निकै नै सहज हुन्छ ।

यी त कयौंमध्येका केही महत्वपूर्ण विधाहरुमात्र भए जसमा ड्रोनको प्रयोगले आमूल परिवर्तन नै ल्याउन सम्भव छ। संसारले विज्ञानलाई चुनौती दिँदै अगाडि बढीरहेको बेलामा भएका प्रविधिलाई पनि सही रुपमा अँगाल्न छोडेर र सही नीति नियम तथा योजनाका बलमा यस्ता नयाँ प्रविधिको बढीभन्दा बढी प्रयोग गरेर देशलाई कसरी द्रुत गतिमा अघि बढाउने चिन्तन छोडेर उडेका ड्रोन समाउँदै हिँडेको सरकारले ड्रोनप्रतिको आफ्ना नीति तथा व्यवस्थामा संशोधन गर्नुपर्ने बेला भइसकेको छ।

साथै जिम्मेवार मिडियाहरुले पनि कहाँ कस्तो ड्रोन समातियो भन्ने खवरलाई मात्र छापेर प्रविधिका सबै विधामा हातहालेको जस्तो देखावट गर्न छोडी यसका विषयमा खोज गर्न, संसारमा भइरहेका ड्रोनका सही उपयोगहरूलाई सबै सामु प्रस्तुत गर्न तथा सरकारलाई यस विषयमा सजग तथा जिम्मेवार हुन पहल गर्नमा अगाडी बढ्नैपर्ने समय आएको छ ।