कीवर्डहरू -

विपद् व्यवस्थापनमा मद्दत पुग्ने आईडियालाई प्रशिक्षण, परामर्श र लगानीको अवसर

विपद् व्यवस्थापनमा मद्दत पुग्ने आईडियालाई प्रशिक्षण, परामर्श र लगानीको अवसर

प्राइभेट सेक्टर इन्नोभेसन च्यालेञ्ज आयोजना हुने भएको छ । युएसएआईडी र तयार नेपालको सहकार्यमा विपद व्यवस्थापनमा सहयोग पुग्ने परियोजनाका लागि च्यालेन्ज आयोजना हुन लागेको हो ।

यस च्यालेञ्जमा विपद् व्यवस्थापनमा मद्दत पुग्न सक्ने नवीन आईडिया वा व्यवसायले आवेदन दिन सक्ने छन् । आगामी चैत ७ गतेसम्म आवेदन दिन सकिने छ ।

अनलाइनबाट आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एसएमएसबाट पनि आवेदन दिन सकिन्छ । त्यसका लागि आवेदन दिन ९८४३७४३३०४ मा type गरी SMS पठाउनु होस् ।

आवेदक मध्येबाट १० आईडिया वा स्टार्टअपलाई छनोट गरिने छ । छनोट भएकाले प्रशिक्षण, लगानी, बजार प्रवर्द्धन र विशेशज्ञद्वारा परामर्शको सुविधा पाउने छन् ।

साथै उक्त १० आईडियाले ५ दिने बुटक्याम्पमा सहभागी हुने अवसर पाउने छन्, जसले ७ लाख रूपैयाँसम्मको ‘यात्रा बीमा’ पाउने छन् । बीमा बुटक्याम्प सुरु भएको १५ दिनका लागि वैध लागि हुनेछ ।