मालवेयर बटले ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्ने गरेको पाइएको छ । सोफसले गरेको अध्ययन अनुसार क्वाकबोट नामक मालवेयर आफै दुई जना विश्वसनीय पक्षहरुको कुराकानीमा छिरेर प्रयोगकर्ताहरुलाई म्यालिसियस लिंकको मेसेज छोडिदिने गरेको पाइएको छ ।
त्यो लिंकले प्रयोगकर्तालाई जिप फाइल डाउनलोड गर्न भन्ने गर्दछ । यस मालवेयरले निजी डेटा चोर्ने र स्पाम पनि पठाउने गरेको पाइन्छ । यो म्यालवेयरले प्रयोगकर्ताको ईमेलमा इनेबल कन्टेन्ट भनेर मेसेज छाड्ने गरेको छ ।
कोही प्रयोगकर्ता म्यालवेयरबाट संक्रमित भईसकेपछि म्यालवेयरले प्रोफाइल स्कयान गर्ने गर्दछ । प्रोफाइल स्कयान गरेर म्यालवेयरले कमाण्ड एण्ड कन्ट्रोल सर्भरसँग त्यस डेटालाई सेयर गर्ने गर्दछ । यसले प्रयोगकर्ताहरुको पासवर्ड पनि चोर्ने गरेको सोफसले जनाएको छ ।