कीवर्डहरू -

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोनामा आयोजना हुन गइरहेको आगामी मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी २०१९ मा पहिलो फाइभ जी फोल्डेबल फोन सार्वजनिक गर्दैछ ।

आधिकारिक स्रोतका अनुसार बलोङ ५०००ले एउटै चीपमा टु जी, थ्री जी, फोर जी तथा फाइभ जी सपोर्ट गर्दछ। यसले प्रभावकारी रूपमा एउटा मोडबाट अर्को मोडमा जाँदा हुने फोन स्लो हुने र ब्याट्री घट्ने जस्ता समस्या उत्पन्न हुन दिँदैन ।
फाइभ जी डाउनलोड तीव्र स्पीड का लागि बलोङ ५००० इन्डसट्रीकै पहिलो चिपसेट हो।

फाइभ जी मा प्रयोग गर्ने प्रमुख स्पेक्ट्रम सब(६ जीएचजेड लो फ्रिक्वेन्सी ब्यान्डले बलोङ ५००० लाई ४.६ जीबीपीएससम्मको डाउनलोड स्पीड प्राप्त गर्न सहज गर्दछ । एमएम वेभ स्पेक्ट्रममा संचालन हुँदा हाई फ्रिक्वेन्सी ब्यान्डले फाइभ जीका लागि एक्टेन्डेड स्पेक्ट्रमको प्रयोग गरी ६.५ जीबीपीएससम्मको डाउनलोड स्पीड प्राप्त गर्न सक्दछ। यो बजारमा अरू फोनहरूमा भएको फोर जी एलटीईको अत्यधिक गतिभन्दा १० गुणा बढी हो ।

ज्यानुअरी २४ मा आयोजना गरिएको पत्रकार सम्मेलनमा फाइभ जी चिपसेट र डिभाइस सार्वजनिक गरिएको थियो। त्यतिबेला ह्वावे कन्ज्युमर बिजनेस ग्र्रुप– सीबीजीका प्रमुख कार्यकारी अधिकारी– सीइओ रिचर्ड युएल्सोले सन् २०१८ मा सीबीजीको कुल बिक्री ५२ अर्ब डलर पुगेको बताउनुभयो ।

उहाँले स्मार्टफोनहरू, पीसी कम्प्युटर, ट्याब्लेट र वेयरएबल्सलगायतका सबै बिजनेस लाइनहरूमा हुने बिक्री प्रत्येक वर्ष अर्थात् इयर टु इयर वृद्धि भएको बताउनुभयो ।

नयाँ शक्तिशाली चिपसेट र डिभाइस र स्मार्टफोन बिजनेसको उत्कृष्ट व्यापारको खबरसँगै फाइभ जी फोल्डेबल फोन फाइभजीको व्यापारमा प्रभुत्व जमाउने अर्को कदमका रूपमा फाइभजी फोल्डेबल फोनलाई लिइएको छ ।

पी ३० केही समयमा नै सार्वनजिक हुने आँकलनहरू गरिएका छन् । ह्वावेको आगामी फ्याल्गसीप लन्चको तस्वीरहरू इन्टरनेटमा लिक भएका छन् । तर पी ३० को लिक भएका तस्वीरहरू हेर्दा यो फोल्डेबल फोनजस्तो देखिन्न । यस्तो लाग्छ कि ह्वावेले गोप्य रूपमा काम गरिरहेको छ र अनलाइनमा लिक भएका तस्वीरहरू उत्सुक प्रयोगकर्ताहरूको ध्यान मोड्नका लागि मात्र हुनसक्छ ।

अधिकांश स्मार्टफोन उत्पादकहरूले पछिल्लो समयमा आफ्ना फ्ल्यागसीप उत्पादनहरू मुख्य मोबाइल वा प्रविधिसम्बन्धी सम्मेलनहरू– सीइएस, आईएफए वा एमडब्लुसीका क्रममा नभई अन्यत्रै सार्वजनिक गर्ने गर्दछन् ।

तर चर्को प्रतिस्पर्धाको यो समयमा ह्वावेले आगामी एमडब्लुसी २०१९ मा फ्ल्यागसीप लन्च गरेर सबैलाई आश्चर्यमा पार्न सक्दछ ।

फोनअरिनाका अनुसार ह्वावे किनोट इभेन्ट स्थानीय समयअनुसार फ्रेबुअरी २४ मा एमडब्लुसी २०१९ मा आयोजना हुँदैछ र त्यतिबेला नयाँ फाइभ जी पी सिरिज सार्वजनिक भएको हामी हेर्न चाहान्छौँ ।